राजविराज । सप्तरीको राजगढ गाउँपालिका वडा नम्वर २ बनैनियाँबाट सशस्त्र प्रहरीले कटुवा पेस्टोल र गोली बरामद गरेको छ ।बनैनियाँबाट आईतबार राति ९ बजेको समयमा नेपाल–भारत सीमा क्षेत्रबाट एउटा कटुवा पेस्तोल र सोमा प्रयोग हुने एक राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरीले जानकारी दिए ।

भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जना व्यक्तिले बनैनियाँ बिओपीबाट गस्तीमा खटिएका टोलिलाई देख्नासाथ उनीहरु बोकेको पेस्तोल छाडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia