- दिलिप कुमार साह

राजविराज। सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्वर २ सिद्धिपुरमा एक बालकको चन्द्र नहरमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोशी नगरपालिका वडा नम्वर १ बस्ने राजकुमार रामको २ वर्षीय छोरा सन्दिप राम रहेको इलाका प्रहरी कार्यालय फत्तेपुरले जानकारी दिए ।

आइतबार विहान घर नजिकै रहेको छोरी नहरको डिलमा खेल्दै गरेको अवस्थामा डुबेर मृत्यु भएको प्रहरीले जनाकारी दिए । बालकको शव डुबेको ४ घण्टापछि दिउँसो १२ बजे घरदेखि डेढ किलोमिटर दक्षिण नहरमा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए । मृतक बालकको शव पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाईएको प्रहरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia