राजविराज। सप्तरीको छिन्नमस्ता भगवति मन्दिरमा नेपाली प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले आज बिहान पूजाअर्चना गरेका छन् ।पुजा-पाठ गर्ने क्रममा छिन्नमस्ता मन्दिर भित्र रहेको विभिन्न देवी देवताको मन्दिरको दर्शन गरेका हुन् ।सो अवसरमा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले महानिरीक्षक सिंह, मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी मसऊद आलम खाँ, प्रहरी प्रधान कार्यालयका प्रमुख एस एसपी दान बहादुर कार्की तथा जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी अभिनारायण काफ्ले लगायतलाई स्वागत र मायाको चिनो र गमछा ओढाएर सम्मान गरेका थिए ।

यसैगरी नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा एक कार्यक्रमको आयोजना गरी सप्तरीका सञ्चारकर्मीहरु सँग  भेटघाट कार्यक्रममा महानिरीक्षक सिंहले ‘सार्वजनि पद धारण गर्ने व्यक्तिहरुलाई सुधारर्ने खालको विषयमा लेखन पत्रकारहरुलाई आग्रह गर्नुभयो । अगामि मंसिर ४ गते हुने प्रदेश र प्रनितिधिसभाको निर्वाचनका सुरक्षाको दृष्टिकोले कसरी भयरहित हुने खालको सुरक्षा दिन प्रहरी निकायहरुलाई निर्देश दिई सकेको बताउँदै मतदाताले कसरी आफ्नो मतको सदुपयोग गर्ने त्यसको लागि प्रहरीले रचनातम सहयोग गर्नुहुने बताउनुभयो। सोही आवसरमा महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले मायाको चिनो हस्तान्तरण गरी सम्मान समेत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia