sp pokharel 8
माघ १५ इनरुवा/
बिद्यालयको पुस्तक खरिद बिक्रिमा हुने अनियमितता र कमिसनको खेल तत्काल बन्द गरिनु पर्नेमा एक कार्यक्रमका सरोकारवलाहरुले जोड दिएका छन्

जिल्ला शिक्षा कार्यालय सुनसरी र नेपाल पुस्तक तथा स्टेशनरी व्यसायी महासंघ इनरुवाले आयोजना गरेको विद्यालयको पाठय्क्रम विक्रि वितरण सम्बन्धि सरोकारवालाहरुको भुमिका विषयक अन्तक्रियामा सहभागिहरुले त्यस्तो धारणा राखेका हुन् ।कार्यक्रममा महासंघका अध्यक्ष शंकर सापकोटा र सचिव महारुद्र प्रसाद पोखरेलले छुटाछुटै पुस्तक विक्रि वितरण सम्बन्धि अवधारणा पत्र प्रस्तुत गरेका थिए ।
सो कार्यक्रममा सुनसरीका जिल्ला शिक्षा अधिकारी रुद्र प्रसाद दुलालले अगामी शैक्षिक सत्रका लागि समयमै पाठ्य पुस्तक विद्यालयमा पुगाउनका लागि सम्पुर्ण पक्ष गम्भिरताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहभागि पुस्तक तथा स्टेशनरी व्यवसायीहरुले सरकार स्पष्ट नीतिको अभावमा व्यवसाय संचालनमा कठिनाईको सामना गर्दै आउनु परेको गुनासो पोखेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia