- दिलिप कुमार साह

राजविराज । जिलाकाे बोदेबसाईन नगरापालिका वडा नम्वर ८ काचनमा बिहीबार पोखरीमा एक बालिकाको डुबेर मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय मिता राम दासको ६ वर्षीय छोरी नन्दनी कुमारी दास नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय लक्ष्मी साहको पोखरीमा डुबेर शिकिस्त भएका बालिकालाई बोदेबसाई स्थित रहेको शत्रुधन अस्पतालमा उपाचारका लागि ल्याईएका बालिकालाई त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमा नै बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia