- दिलिप कुमार साह

राजविराज। सप्तरीको तरही स्थित दलित बस्तीमा आगलागी भएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्वर ३ तरहीमा मंगलबार राति आगलागी भएको हो ।आगलागी स्थानीय कुलदेव रायको गोठबाट राति  ११ ः ३० बजे सुरु भएको आगलागीमा परी त्यहाँका ८ परिवारका घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।आगलागीमा बौसदेव साद, सुन्दर सदा, राम सुन्दर सदा, बिहारी सदा, कैलु सदा, गौतम सदा र भिखारी सदाको घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पातोले जनाएको छ ।

आगलागीमा परी घरमा रहेको खाद्यान, लताकपडा, भाडा वर्तन, सुन, चाँन्दी, नगद लागतयको सामग्रीहरु जलेर नष्ट भएको प्रहरी भनाई छ ।प्रहरीका अनुसार स्थानीय कुलदेव रायको गोठमा आगलागी हुँदा उनकै १ गोरु र ५ बटा बाख्रा निसासिएर मरेको छन् । भने एउटा गोरु आगलागीमा परि घाइते भएका छन् ।आगगाली नेपाल प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आएको स्थानीय बासी कुलेदव सादले बताए । आगलागीले झण्डै १४ लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia