राजविराज । सप्तरी प्रहरीले ज्यान मार्ने उद्योगकाे आराेपमा ५ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा सप्तरीको डक्नेश्वरी नगरपालिका वड नम्बर ७ हाल राजविराज नगरपालिका वड नम्बर ८ मा बसाेबास गरिरहेकाे अन्दाजी ३३ वर्षीय धनविर साह, धनवीर साहको श्रीमति ३२ बर्षिया सरिता देवी साह, राजविराज नगरपालिका वड नम्बर ८ बस्ने बाल गोविन्द साहको श्रीमति अन्दाजी ५५ बर्षीय अमिरका देवी साह, बालगोविन्द साहको छाेरीहरु रन्जु साह, अर्चना कुमारी साह रहेकी छिन् ।

सप्तरी बलान विहुल गाउँपालिका वड नम्बर ५ हाल राजविराज नगरपालिका वड नम्बर ८ बस्ने ४० बर्षिय विजय कुमार यादवको जोहरी अनुसार पक्राउ परेका व्यक्तिहरुले घरेलु हातहतियार प्रहरी गरी यादवको श्रीमति सन्जु कुमारी यादव र छाेरी पिंकी कुमारी र किरण कुमारी यादवको टाउको सहित शरिरको सम्बेदनशील अंहरुमा प्रहारा गरी घाइते बनाएको सप्तरी प्रहरी कार्यालयको प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफलेले जानकारी दिनुभयो ।पक्राउ परेकाहरुमाथि ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रहेकाहरुलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia