QLD_CM_NEWS_CRASH_02MAR14(2)

१५ माघ, मेल्बोउर्ने। अष्ट्रेलियाको दक्षिणी तटीय क्षेत्रको बर्वोन हेड्समा भएको एक सानो विमान दुर्घटनामा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको समाचार छ । स्थानीय समयानुसार शुक्रबार अपरान्ह १२ः३० मा भएको यस दुर्घटानमा दुई पुरुष र एक महिलाको मृत्यु भएको बताइएको छ । यो सानो चार सिटको विमान भएको जनाइएको छ ।

प्रारम्भिक समाचारमा यस घटनामा पाँच व्यक्तिको मृत्यु भएको जनाइएको थियो । भिक्टोरिया प्रहरीले पछि सो घटनामा ती व्यक्तिको मृत्यु भएको पुष्टि गरेको थियो । यस घटनामा एक यात्रु भने अझ हराईरहेको बताइएको छ । दुर्घटनाग्रस्त इलाकामा उद्धारकार्य जारी रहेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia