boko-haram-and-army naigeria

१५ माघ एजेन्सी । नाइजेरियाको चिबोकमा भएको विस्फोटनका घटनामा १५ जना नागरिक र एक सैनिकको मृत्यु भएको छ ।उक्त विस्फोटमा कैयौँ घाइते भएका छन् । घाइतेहरुमध्ये केहीको गम्भीर प्रकृतिको चोट लागेकाले मृतकको सङ्ख्या बढ्न सक्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् ।

बिहीबारको घटनामा मारिएका १६ जनाको अन्त्यष्ठी गरिसकिएको स्थानीय सामाजिक संस्था चिबोक विकास संघले जनाएको छ ।चिबोकमा दुई वर्ष पहिले पनि बोको हराम समूहका लडाकूले हमला गरी ठूलो सङ्ख्यामा छात्रालाई अपहरणगरी लगेका थिए ।

सन् २०१४ को अप्रिलमा भएको उक्त घटनामा ३०० स्कुले केटीलाई उक्त समूहले अपहरणगरी लगेको थियो । त्यसमध्ये दर्जनौँ उक्त आतंकवादी समूहको चङ्गुलबाट उम्केर भाग्न सफल भए पनि २१९ जना अझै हराइरहेका छन् ।सन् २०१५ देखि सुरक्षा कारबाही कडा पारिएपछि बोको हरामसँग आवद्ध लडाकूले आत्मघाती विस्फोट गराई सरकारविरोधी संघर्षलाई कडा बनाएको छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia