राजविराज। सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर ६ रत्वालामा शनिबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुर्व पश्चिमा लोकमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको स १ च १६८३ नम्बरको पिकअप भ्यान अनियिन्त्रित भई स्थानीय पैदल यात्रीलाई ठक्कर दिदाँ ५५ वर्षीय दुखी लाल लेखीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते लेखीलाई स्थानीय धर्मेश्वर अस्पताल ठेलियामा उपचार गराई थप उपचारको लागि राजविराज ल्याउँने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।पिकप र चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia