- सुरेन्द्र मेहता

भोक्राहा । होलि तथा फाल्गुन पूर्णिमाको अवसरमा सुनसरीकाको भोक्राहा नरसिंह गाउँपालिकाले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। भोक्राहा नरसिंह गाउँपालिका कार्यपालिकाको आयोजनामा बुधबार फाल्गुन पुर्णिामा तथा होली पर्वको शुभ अवसरमा बृहत शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवको अध्यक्षतामा होलि शुभकामना आदानप्रदान कार्यक्रम संचालन भएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुनम कुमारी मेहता, प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता, कार्यपालिका पदाधिकारीहरू, स्थानीय राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिज्यूहरू, होली पर्व लगायत स्थानीय सांसकृतिक उत्थानमा सक्रिय भुमिका निर्वाह गर्नु हुने स्थानीय अगुवाहरू, गबैयाहरू, किर्तन, भजन मण्डली, स्थानीय सुरक्षाकर्मीहरू, स्थानीय भद्रभलादमी, नागरिक समाज, स्थानीय संचारकर्मी, कार्यालयका कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो ।

स्थानीय संसकृति, परम्परा, रहनसहनमा योगदान पुर्याउने स्थानीय अगुवाहरू, गबैयाहरू, भजन ,किर्तन मण्डली लगायतलाई गाउॅपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव र पालिका उपाध्यक्ष पुनम कुमारी मेहताले अबिर, गमछा लगायतले सम्मान गर्नु भएको थियो। गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवले महान तथा रङ्गै रङ्गको पर्व होली, उराँव समुदायको महत्त्वपूर्ण पर्व करमा धरमा, मुस्लिम समुदायका महान पर्व मोहरम लगायतको महान पर्वहरु संरक्षण सम्बर्द्धनमा पालिका पछि नपरेको दाबी गर्नु भएको थियो। उक्त कार्यक्रमको विशेष आकर्षणको रूपमा रहेको होलिगित जोगिरा सर र र…. लगभग १ घण्टा सम्म संचालन भएको थियो। कार्यक्रममा सहभागीहरूको उत्साहजनक सहभागिता रहेको थियो । भने कार्यक्रमा उपस्थिति मनुभावहरुले एक आपसमा रातो, हरियो, पहेँलो अबिर लगाइ एक आपसमा शुभकामना आदान प्रदान गरिएका थिए।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia