- दिलिप कुमार साह

राजविराज। सप्तरीको राजगढ गाउँपालिकामा होलीको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको छ ।बुधबार गाउँपालिकाले आयोजना गरिएको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष परमानन्द यादवले होली पर्व सामाजिक, साँस्कृतिक र मनोबैज्ञानिक रुपमा महत्व हुनुको साथै शुद्ध आचरण प्राप्तिको लागि मौलिक महत्व पनि उत्तिकै रहेको बताए ।

होली पर्वको अवसरमा राजगढ गाउँपालिकाका कर्मचारी, नगरबासी, शुभचिन्तक लगायत सम्पूर्णमा गाउँबासिहरुमा शुभकामना व्यक्त गरे । असत्यमाथि सत्यको विजय भएकोले उत्सवका रुपमा रङ दलेर यो पर्व मनाउने गरिन्छ । फागु पर्वका उपलक्ष्यमा स्थानीय सरकारले बिहीबार सार्वजनिक बिदा समेत दिएको छ ।गाउँपालिका अध्यक्ष यादवको अध्यक्षतामा भएको शुभकामना आदान–प्रदान कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पुष्पमाला कुमारी मण्डल, प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव, स्वास्थ्य संयोजक रामचन्द्र यादव लगायत गाउँपालिकाको सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia