राजविराज। होलीमा अवाञ्चित एवम् कानुन विपरीत कार्य नगर्न जिल्ला प्रशासका कार्यालय सप्तरीले आमजनतालाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जर्नादन गौतमले मंगलबार सूचना जारी गर्दै चार्डपर्व मनाउने नाममा कसैको इच्छा विपरित रंग लगाउने, लोला हान्ने, फोहर पानी तथा हिलो छयाप्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सार्वजनिक स्थनमा होहल्ला गर्ने जस्ता क्रियाकलाप नगरी शान्ति पूर्ण तरिकाले स्वास्थ्य मापदण्डको पालना गरी होली पर्व मनाउन जिल्ला प्रशासन कार्यालय सप्तरीले आग्रह गरेको छ । चाडपर्वको नाममा अनैतिक क्रियाकलाप गर्नेलाई कानून बमोजिमको कारबाही हुने जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा जारी गरिएको सूचनामा उल्लेख रहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia