राजविराज । सप्तरी जिल्लाको अग्निसाईर कृष्णासवरन गाउँपालिका–४ टेङरीमा शनिबार राती आगलागी हुँदा १० परिवारको २७ वटा घर जलेर नष्ट घएको छ ।आगलागीमा डम्बर यादव, श्याम यादव, दिनेश यादव, फुलदेव यादव, भोला यादव, मनोज यादव, महेश यादव, बृज नारायण यादव, सत्यनारायण यादव र अर्मेन्द्र यादवकाे घर पूर्ण रुपले जलेर नष्ट भएको छ । शनिबार राति १२ बजेदेखि भएको आगलागी विहान ३ बजे नियन्त्रणमा आएको थियो ।

आगलागीलाई हनुमान नगर कंकालिनी, कंचनरुप र शम्भुनाथ नगरपालिकाबाट आएको बारुण यन्त्र, प्रहरी र स्थानीयबासीको सहयोगमा ४ घण्टा पछि नियन्त्रणमा आएको अग्निसाईर कृष्णासरन गाउँपालिका ४ का वडा अध्यक्ष तेज नारायण यादवले जानकारी दिनुभयो । आगलागीमा नगद, गरगहना लत्ताकपडा, फर्निचर, आन्नपात, विद्युतीय सामाग्रीहरु र घरगोठसहित करिव २ करोड बराबरको क्षति भएको वडा अध्यक्ष यादवले जानकारी दिनुभयो । डम्बर यादवको घरबाट शुरु भएको आगलागीमा सर्वस्व गुमाएका अग्निपीडितहरु विचल्लीमा परेका छन् । उनीहरुलाई बास, गाँस र कपासको समस्या भएको छ । पीडितहरुलाई गाउँपालिका, स्थानीय राजनैतिक दल, बिभिन्न संघसंस्थाहरुले त्रिपाल, खाधान्न, भाँडाकुडा लगायतका राहत सामाग्री उपलब्ध गराएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia