- सुरेन्द्र मेहता

भोक्राहा। सनुसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा ११२ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा र्याली, गोष्ठी, अन्तरकृया र सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकामा ‘सामाजिक न्याँय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ ११२ औँ अन्तराष्ट्रिय नारी दिवस मनाइएको हाे । भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष पुनम कुमारी मेहताले लैङ्गिक हिंसाले महिलाको साथै पुरुषहरूको पूर्णक्षमताको प्रयोगमा नकारात्मक असर पर्नुको साथै आर्थिक विकास र महिला सशक्तीकरणको बाटोमा अवरोध सिर्जना भएको भन्दै हिंसा न्यूनिकरणका लागि सबैले साझा एजेण्डाको रूपमा अघि बढाउनुपर्ने बताइन् ।

मेहताले महिलामाथि हुने हिंसा न्यूनिकरण अभियानमा पुरुषलाई पनि सँगसँगै अघि बढाउनुपर्ने जानकारी दिइन् । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बाबुनन्दन मेहताले महिला र पुरुष दुवैले समान अपनत्व गर्यो भने समाजमा लैङ्गिक हिंसा न्यूनिकरणमा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नेकपा एमाले भोक्राहा नरसिंह अध्यक्ष रामकुमार मेहताले हिसाँ अन्त्यका लागि सबैले आफैबाट सुरुवा गर्नुपर्नेमा जोड दिए । नेपाली काग्रेंसका गाउँ सभापती युवराज दाहालले आधा आकाश ढाकेका नारी जातिहरुका लागि नारी दिवस अत्यन्त महत्वपूर्ण दिन भएको बताउँदै महिलालाई सम्मान गर्नुपर्ने र समान कामको सामान ज्यालाको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

नारीहरुको हक अधिकार स्थापित गर्न सामाजिक, आर्थिक, शैक्षिक राजनितिक, दृष्टिकोणले सबै तहमा नारीको बाहुल्यतालाई अगाडि बढाएर लैजानको लागि पनि यो दिवसले इटा थप्ने काम गरेको जनता समाजवादी पार्टीका गाउँ समिति अध्यक्ष महेन्द्र यादवले बताए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले अन्याय, अत्याचारमा फसेका शोषण र दमनमा परेका महिला मुक्तिका लागि आवाज बुलन्द गर्ने यो ऐतिहासिक दिवस भएको बताए । यादवले नेपालमा वि.सं. १९७५ देखि मनाउन थालिएको तर पछिल्लो समय नेपालका धेरै महिलाहरु सार्वजनिक क्षेत्रमा प्रवेशसँगै रोजगारीको अधिकार सुनिश्चिता अझै बढाउनुपर्ने बताए । महिलाहरुलाई अधिकारका लागि शिक्षा दिनुपर्नेमा जोड दिए । यसैबीच महिलाको क्षेत्रमा योगदान गर्ने अगुवा महिलाहरुलाई सम्मान पनि गरेको छ । मानव अधिकार समूहका अध्यक्ष ममता उराँव, पूर्व समूह अध्यक्ष तथा रोजगार संयोजक शोभा कुमारी मेहता, प्रधानाध्यापक मुन्नी यादव सहित ८ जनालाई सम्मान गरेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia