संघीयता कार्यान्वयनमा मन्त्रालयको भूमिका र स्थानीय तहमा सेवा प्रवाहका सम्बन्धमा अन्तरक्रिया तथा छलफल कार्यक्रम भोक्राहा नरसिंह गाउॅपालिकामा सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौंको सहजीकरणमा आज उक्त कार्यक्रम सम्पन्न भएको हो। संघीयता कार्यान्वयनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भूमिका र स्थानीय तहको सेवा प्रवाह सम्वन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।

गाउॅपालिकाको सभाहलमा दिउसोबाट शुरू भएको उक्त कार्यक्रमको अध्यक्षता गाउॅपालिकाको अध्यक्ष महेन्द्रप्रसाद यादवले गर्नु भएको थियो भने कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहसचिव बसन्त अधिकारी, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, उपाध्यक्ष पुनमकुमारी मेहता, उपसचिव तुलसीराम अर्याल, जिल्ला समन्वय अधिकारी त्रिलोचन न्यौपाने, कोशी गाउॅपालिकाको प्रप्रअ खगेन्द्र गिरी, हरिनगर गाउॅपालिकाको प्रप्रअ तुलाराज थापा मगर, गाउँपालिकाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू, वडासचिवहरू, स्वास्थ्य संस्था प्रमुखहरू लगायतको सहभागिता रहेको थियो ।

सहसचिव बसन्त अधिकारीले स्थानीय तहको संस्थागत क्षमताको विषयमा, उपसचिव तुलसीराम अर्यालले मन्त्रालयको भुमिकाको वारेमा र प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिकाको सेवा प्रवाहको समग्र स्थितिको वारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। उक्त अवसरमा गाउॅपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव र उपाध्यक्ष पुनमकुमारी मेहताले सहसचिव बसन्त अधिकारी, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र उपसचिव तुलसीराम अर्याललाई स्थानीय संस्कृतिको झल्को दिने गमछा र अविर लगाइ सम्मान गर्नु भएको थियो।

कार्यक्रममा वक्ताहरुले स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी वनाउन तीनै तहवीच आवश्यक समन्वय र सहजिकरण हुनुपर्ने बताएका थिए। उपाध्यक्ष पुनमकुमारी मेहताले गाउॅपालिकाले समग्रमा असल कार्यवातावरणका साथ सेवा प्रभाह गरिरहेको र उक्त कार्यमा कुनै किसिमको हस्तक्षेप नभएको धारणा राख्नु भयो । अन्त्यमा गाउॅपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवले गाउॅपालिकाले स्वच्छ छवी निर्माण गर्दै सेवा प्रवाहलाई प्रभावकारी वनाउन कुनै कसर वाॅकी नराख्ने र भोक्राहा नरसिंह गाउॅपालिकालाई हाम्रो गाउॅपालिका राम्रो गाउॅपालिका वनाउन पछि नपर्ने विचार व्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia