- दिलिप कुमार साह

राजविराज। विश्वमा कोरोना माहामारीको तेश्रो लहर फैलिँदै गईरहेको बेला राजगढ गाउँपालिकाले कोभिड-१९ न्युनीकरण गर्नको लागि आईतबार एक कार्यक्रमका बीच बनैनियाँ नाकामा हेल्थ डेस्कको स्थापना गरेको छ ।भारतमा बसिरहेको नेपालीहरु आउने क्रममा उनीहरुको स्वास्थ्य जाँच र शंकास्पद व्यक्तिलाई एन्टीजेन चेक जाँच गरी पहिलो चरणमा १० दिन होम आईसोलेशनमा बस्ने दोश्रो चरणमा अस्पताल भर्ना र तेश्रो चरणामा उच्च निकायमा जानकारी गराई थप उपचारको लागि पठाउने राजगढ गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक रामचन्द्र यादवले जानकारी दिनुभयो ।

उक्त हेल्थ डेस्कको मदतले भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने सबै व्यक्तिहरुलाई चेक जाँच गरी मात्र आवतजावत गर्न दिने संयोजक यादवले जानकारी दिनुभयो ।दिनप्रतिदिन बढिरहेको कोभिड-१९को तेश्रो लहरलाई न्युनीकरण गर्नको लागि आफु बचौ र अरुलाई पनि बचाउ मुल नाराका साथ जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्नुपर्ने बनैनियाँ बेस क्याम्पका प्रमुख दिपकराज वस्नेतले बताए ।त्यसैगरी हामीहरु खुल्ला सिमा नाकामा रहेकोले सुरक्षाकर्मीको नाताले अबैद्य रुपमा व्यक्तिहरु प्रवेश नगर्न र नगराउनको लागि प्रहरीले दिनरात खटिरहेको झुटकी प्रहरी चौकीका प्रमुख गंगा प्रसाद यादवले बताए ।हेल्थ डेस्क स्थापना कार्यक्रममा राजगढ गाउँपालिकाको अध्यक्ष परमानन्द यादवले राजगढ गाउँपालिकामा कोरोना माहामारी न्युनीकरण गर्नको लागि हेल्थ डेस्कको स्थापना गरिएको भन्दै नेपाल भारतसँग वेटी रोटी सम्बन्ध रहेकोले आवत-जावत गर्न डेस्कको सहायता लिन सक्ने उद्देश्यले यो हेल्थ डेस्कको स्थापना गरेको बताए।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia