राजश्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको टोलीले लौकही क्षेत्रबाट ४६ बोरा चिनी बरामद गरेको छ ।छड्के जाँचका क्रममा लौकही पुगेको कार्यालय प्रमुख तिर्थराज खनाल नेतृत्वको टोलीले सो परिमाणको चिनी बरामद गरेको हो ।कार्यालय प्रमुख खनालका अनुसार गाडीमा लोड रहेको अवस्थाको भन्सार छलीको चिनी बरामद गरिएको हो । उनका अनुसार सो स्थानबाट एक थान मोटरसाइकल, ५ थान साइकल र चिनी सहितको पिकअप गाडी बरामद भएको छ ।

राजश्व अनुसन्धान कार्यालय इटहरीका सूचना तथा अनुसन्धान अधिकृत शिवकुमार निरौलाले आफुहरु सूचनाका आधारमा चेकजाँचमा निस्कने गरेको बताए । सोही क्रममा विभिन्न स्थानबाट भन्सार छलीका सरसामान बरामद हुने गरेको उनले बताए ।निरौलाले लुकीछिपी चोरी निकासी हुने गरेको पाइएकाले भन्सार छली नियन्त्रणका लागि सुरक्षा निकायले सर्तकता बढाउनु पर्ने आवश्यक्ता रहेको औल्याए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia