राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सुनसरीको विभिन्न स्थानबाट ठूलो परिमाणको चिनी बरामद गरेको छ । कार्यालयले पछिल्लो १० दिनको अवधिमा १० हजार किलो बढी चिनी बरामद गरेको छ ।

कार्यालयका सूचना तथा अनुसन्धान अधिकृत शिव कुमार निरौलाले जिल्लाका विभिन्न स्थानबाट ठूलो परिणाममा भन्सार छलीको चिनी बरामद गरिएको बताए ।उनले आजमात्रै कोशी गाउँपालिका २ का बिन्देश्वर साहको घरमा लुकाई राखेको ३३ बोरा र लौकही मधुवन खण्डमा सफारीमा लोड गरि ल्याउँदै गरिएको १२ बोरा चिनी बरामद गरिएको बताए ।अधिकृत निरौलाले सूचनाका आधारमा निगरानी सँगै छापामारीको क्रम बढाइदै जाँदा भन्सार छलीका सामान बरामद हुने क्रम समेत बढेको बताए ।कार्यालयले दिएको जानकारी अनुसार पछिल्लो समय पूर्व पश्चिम राजमार्गमा गुड्ने सवारीका साधनबाट समेत भन्सार छलीका सामान बरामद हुने गरेको बताए ।राजश्व अनुसन्धान कार्यालयका अनुसार सुनसरीको हकमा खासगरी लौकही तथा भोक्राहा क्षेत्रको नेपाली बजार तथा वस्तीबाट भन्सार छलीको सामान बरामद हुँदै आएको छ । घर, पसल, गोठ र गोदाममा लुकाएर राखिएको अवस्थामा भन्सार छलीका सामान बरामद हुँदै आएको उनले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia