इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा एक दिने विश्वास परियोजना अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सेभ् द अर्थ फण्डेशनको आयोजनामा एक दिने विश्वास परियोजना अभिमुखिकरण पालिकाको सभा हलमा सम्पन्न भएको हो।

गरिबी र पछाडि परेका समुदायमा विभिन्न रोगहरु जस्तै हातीपाइला, डेङ्गु, कला ज्वरो, कोभिड, मौसमी रोगको प्रकोपबाट आएको समस्यालाई पहिचान गर्ने गरि र निवाकरण गर्ने कार्यक्रमको मुख्य उदेश्य रहेको थियो। प्रत्येक वडामा पछाडी परेका तथा हरेक क्षेत्रमा पहुँच भन्दा टाढा भएको समुदायहरुको स्वास्थय प्रतिनिधिहरु द्वारा डाटा संकल्न गरिएको थियो।

कार्यक्रममा भोक्राहा नरसिंहका कार्याबाहक अध्यक्ष पुनम कुमारी मेहता, भोक्राहा नरसिंह गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राम चरित्र मेहता, स्वास्थ प्रमुख आलम अन्सारी भोक्राहा नरसिंह २ स्वास्थ प्रमुख रमेश साह, भोक्राहा नरसिंह वडा न.२ का वडा अध्यक्ष आलम अन्सारी, वडा न. ३ का वडा अध्यक्ष सुकदेव यादव र वडा न. ४ का वडा अध्यक्ष हारुण अन्सारी, सेभ्द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराई, लगायत पालिकाका ८ वटै वडाका स्वास्थ कार्यालय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia