प्रदेश २ का आठ जिल्ला प्रत्येकमा एक एक वटा शीतभण्डारी बनाउने प्रदेश सरकारको योजना अलपत्र परेको छ । यसको सम्झौता लागत १ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ रहेको छ । योजना सुरु भएयता ८१ करोड रुपैयाँ बजेट विनियोजन भयो । तर, १ करोड मात्रै सम्बन्धित संस्थालाई भुक्तानी गरी ८० करोड फ्रिज भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । कमिसनको चलखेल गर्ने, कामै नगरी भुक्तानी माग्ने, कमसल काम गर्ने केही फर्मको क्रियाकलापका कारण योजना प्रभावित भएको मन्त्रालयका कर्मचारी बताउँछन् । आर्थिक वर्ष २०७५ ७६ मा सम्झौता भई सुरु भएको निर्माण कार्य प्रारम्भदेखि नै विवादित बनेको थियो । पहिलो वर्ष १६ करोड, दोस्रो वर्ष ४० करोड, त्यसपछि २० करोड र चालू आर्थिक वर्ष ५ करोड बजेट सरकारले छुट्टाएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु भएमा अब सरकारले १० लाख आर्थिक सहायता दिने
काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु भएमा सरकारले मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ । असोज १...
एक सय ४१ वर्षदेखि चल्दै आएको परम्परा संगै कोजाग्रत पूर्णिमा मनाइँदै
जनकपुरधाम। आज बडा दशैंको अन्तिम दिन मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमा मनाइँदैछ । कोजाग्रत पूर्णिमाको अवसर पारेर प्रत्येक वर...
सुनको मूल्यमा नयाँ कीर्तिमान
काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छाप...
छ सय ११ किलोग्राम गाँजा सहित दुई भारतीय पक्राउ
गाँजा तस्करी गरेको अभियोगमा दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । भारततर्फ गाँजा तस्करी गरि लैजाने योजनामा रहेका उनीहर...
भारतमा पनि आईफोन १६ को प्रो र प्रो म्याक्स मोडल बन्ने
काठमाडौँ। भारतमा पनि आईफोन १६ को प्रो र प्रो म्याक्स मोडल बन्ने भएको छ। अमेरिकी प्रविधि कम्पनी एप्पलले उत्पादक साझेदार क...
अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर स्थिर
काठमाडौं। शुक्रबारको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर...