- सुरेन्द्र मेहता

भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटी उपशाखा द्वारा विपत तथा जोखिम भएको बेला विवरण संकलनकालागि एक दिने तालीम सम्पन्न भएको छ।भोक्राहा नरसिंहमा रहेको लोटस होटलमा एक दिने कार्यक्रम सम्पन्न भएको हो।

नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाका सभापति युवराज दाहालको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे । भने कार्यक्रमको प्रमुख अथिती रबिन्द्र घिमिरेले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । बाढी पहिरो, आगलागी, विपत लगायतका जोखिममा भएको ठाउँहरुमा नेपाल रेडक्रस सोसाइटीले आफ्नो पदाअधिकारीहरुले घटनाको विवरण तथा डाटा डिजिटल प्रविधि द्वारा संकलन गर्नु नै कार्यक्रमको मुख्य उदेश्य रहेको नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाका स-सचिव पवन कुमार मेहताले जानकारी दिए ।

रेडक्रस सोसाइटी उपशाखाका सचिव मेहताका अनुसार विपत तथा जोखिममा भएको समयमा डाटा संकलन गर्ने कार्यका लागि भोक्राहा नरसिंह गाउँपालिकाका ८ वटै वडाका युवा, युवतीहरुलाई समावेश गरि तालिम सम्पन्न भएको हो भने कार्यक्रमको प्रशिक्षण शिव नारायण चोधरीले गर्नु भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका किरण दाहाल, अन्जु चोहान, अन्जु विस्ट, भोक्राहा प्रहरी चौकीका प्रमुख जीवन कार्की, नरसिंह प्रहरी चौकिका देवराज खतरी, रेडक्रस उपशाखाका विभिन्न पदका पदाअधिकारिहरुको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia