सकारात्मक सोंचले जहिले पनि भावनालाई तरंगित गरी सेवा र सहयोगको लागि उर्जावान बनाउँछ । समाज र समुदायमा आइ पर्ने अपत–विपत तथा पिडितहरुलाई सहयोग गर्न उनीहरु सदैव अग्रपंक्तीमा रहन तत्पर रहन्छन् । यस्तै एउटा युवाहरुको समुह प्रवासमा रहेर आफ्नो समुदायका दुःखी, पिडित र समस्यामा परेकाहरुलाई हरेक प्रकारले सहयोग गरी समुदाय प्रतिको आफ्नो कत्र्तव्य निर्वहन गरि रहेका छन् ।

वैदेशिक रोजगारमा रहेका युवाहरुको समुह प्रवासी सरदार बाँतर युवा एकता समाज उत्थान केन्द्र नेपालले समस्यामा रहेका विभिन्न व्यक्ति वा परिवारलाई नगद, जिन्सी, खाद्यान्न, लताकपडा सहितका सहयोग गर्दै आई रहेका छन् । संस्थाले गत आश्विन २६ गते भारतको पंजाबमा रोजगारीकै क्रममा मृत्यु भएका राम एकबाल सरदारको परिवारलाई २५ हजार बराबरको चामल, दाल, तेल, चिनी लगायतका खाद्यान्न सामग्री, लत्ताकपडा तथा २५ हजार नगद सहयोग गरेका छन् ।

प्रदेश २ महोत्तरीको भंगहा नगरपालिका वडा नं. ३ सकरी निवासी सरदार भारतको पंजाबमा रोजगारीमा रहेका थिए । अचानक बेहोस भएपछि उपचारको क्रममा उनको मृत्यु भएको थियो ।स्थानीयका अनुसार सरदार काम गर्ने ठाउँ बाट कुनै किसिमको सहयोग गरेको छैन् । ग्रामीणहरु आपसमा चन्दा संकलन गरी सरदारको शव पंजाबबाट ल्याएका थिए ।परिवारको एकमात्र साहार राम एकबाल सरदारको मृत्यु पश्चात १५ दिने शिशु सहित पाँच जना भाई बहिन र श्रीमति बिचल्लीमा परेको खबरले हामी दुखित भएको र उनको काजक्रियामा केही मद्दतको लागि सानो सहयोग उपलब्ध गराएको संस्थाका सचिव चन्दन सरदारले बताए ।

सहयोग हस्तान्तरणको क्रममा संस्थाकी कोषाध्यक्ष सुनिता सरदारले तत्काल केही मद्दतको लागि संस्थाले सानो सहयोग गरेको र अगामी दिनमा समेत सहयोग गर्ने बताईन् । हिपमत मिडिया हाउस प्रा. लि.को संयोजकत्वमा प्रवासी सरदार बाँतर युवा एकता समाज उत्थान केन्द्र नेपालले सहयोग हस्तान्तरण गरेका थिए ।

वर्षतमा पनि चुहिने खपडाको समान्य घर बाहेक अन्य जग्गा जमिन, खेतबारी केही न भएको उनको परिवार बिचल्लीका परेको स्थानीयले चिन्ता व्यक्त गरे । सरदारको परिवारमा १५ वर्ष, १३ वर्ष, ७ वर्षको तीन छोरी, ५ वर्षीय र १५ दिने (शिशु) दुई छोरा र एक श्रीमति सहित छ जना रहेका छन् । उनको परिवारमा आमा बुवा दाई भाई कोही छैन् । रोजगार गर्ने एक मात्र राम एकबाल सरदारको मृत्यु भएकोले उनको परिवारिक जीवन बेसहारा भएको स्थानीयले बताए । १५ दिने शिशुलाई काखमा बोकेकी मृत्क सरदारकी श्रीमति मिनादेवीको आँशुले जो कोही द्रबित भएका छन् । उ केही बोल्न सकि रहेको छैन् । उनको पारिवारीक जीवन संचालन गर्न स्थानीयले सबै संग आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia