- सुरेन्द्र मेहता

भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा जनता समाजवादी पार्टीको वडा न .२ को पार्टी समायोजन तथा सुधिकरण कार्यक्रम सम्पन्न गरेको छ । वडा न २ को आधारभुत विद्यालयको छेउमा आज शनिबार कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा प्रमुख अतिथि सुनसरी जिल्ला सुज इन्चार्ज हरिगोबिन्द यादवले मैनबती बालेर उद्घाटन गर्नु भएको थियो । कार्यक्रम मुख्य उदेश्य जनता समाजवादी पार्टी समायोजन तथा सुधीकारण रहेकोे सुनसरी छेत्र न४ ख को सचिव जितेन्द्र ठाकुरले जानकारी दिए। सचिव ठाकुरका अनुसार काङ्ग्रेस र एमाले पार्टी परित्याग गरि सय जना कार्यकर्ता जनता समाजवार्दी पार्टीमा प्रवेश गरेको बताए । कार्यक्रममा जनता समाजवादि पार्टिका तथा गाउँपालिका कार्यबाहक अध्यक्ष पुनम कुमारी मेहता, समाजवादी पार्टीका जिल्ला सचिव प्रदीप कार्की, जिल्लाका नेता सुब्बा लाल मेहता, रघुनाथ मेहता, भोक्राहा नरसिंह गाउँ कमिटी अध्यक्ष महेन्द्र यादव, भोक्राहा नरसिंह गाउँ कमिटी इन्चार्ज अर्जुन मेहता र गाउँ समाजका बुद्धिजिवि, समाजसेवी लगायत ५ सय व्याक्तिहरुको उपस्थिति रहेकोे थियोे ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia