- राहुल साह

इनरुवा। हात्तीले आक्रमण गर्दा सुनसरीमा एक महिलाको ज्यान गएको छ । बराहक्षेत्र नगरपालिका ११ घर भएकी अन्दाजी ५५ वर्षिया मंगली देवी खत्वेको हात्तीको आक्रमणमा परी ज्यान गएको हो । कोशी टप्पु वन्यजन्तु आरक्ष छेउमा घाँस काट्ने क्रममा हात्तीको आक्रमणमा परी खत्वेको ज्यान गएको बताइएको छ । वडा अध्यक्ष केदार विष्टका अनुसार खेतमा घाँस काट्ने क्रममा आरक्ष भित्रबाट निस्केको जंगली हात्तीले महिला माथि आक्रमण गरेको थियो ।

फेन्सिङ तार नाघेर बाहिर निस्केको हात्तीले महिलालाई आक्रमण गरेको बुझिएको विष्टले बताए । वडा अध्यक्ष विष्टले जानकारी दिए अनुसार घाइते अवस्थामा घटनास्थलबाट उद्धार गरिएकी महिलाको एम्बुलेन्समा हाल्नु पूर्वनै मृत्यु भएको हो । उनका अनुसार घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का तयार पार्दैछ । यता सुनसरी प्रहरीले समेत हात्तीको आक्रमणमा परी खत्वेको मृत्यु भएको पुष्टि गरेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia