- सुरेन्द्र मेहता

भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. २ मा संविधान दिवसको अवसरमा नि:शुल्क स्वास्थ शिविर सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उप शाखाको सहयोग र भोक्राहा नरसिंह वडा नं. २ को स्वास्थ चौकिको आयोजनामा एक दिने नि:शुल्क स्वास्थ शिविर सम्पन्न भएको हो।

संविधान दिवसको अवसर पारेर सञ्चालन गरिएको स्वास्थ शिविरमा १ सय पुरुष र ५१ जना माहिला गरि जम्मा १५१ जना लाई सुगर र प्रेसर जाच गरि नि:शुल्क स्वास्थ सेवा दिइएको नेपाल रेडक्रस भोक्राहा नरसिंह उपशाखाका अध्यक्ष युवराज दाहालले बताए ।

नि:शुल्क स्वास्थ शिविर कार्यक्रममा ३७ जना हाइ बल्ड प्रेसरका बिरामीहरु देखा परेका थिए भने ३१ जना सुगरका बिरामीहरु मध्ये २१ जना नयाँ बिरामी फेला परेको भोक्राहा नरसिंह वडा नं. २ का स्वास्थ चौकी प्रमुख रमेश कुमार साहले जानकारी दिएका छन। उहाका अनुसार गाउँघरमा हाइ ब्लड प्रेस र सुगरका बिरामी भएता पनि जाच नगराएर थाहा नभएको उनले बताए। खानपान, मानसिक तनाव र बाताबरणका कारण मानिसहरू समाजमा दिन प्रतीदिन यस्ता बिरामीहरु चाप बढ्दै गएको स्वास्थ चौकी प्रमुख साहले जानकारी दिए।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia