- दिलिप कुमार साह

राजविराज । नेपाली काँगेंसले सरकार चलाउन असक्षम रहेको माननीय पूर्व शहरी विकास मन्त्री प्रभु साहले बताएका छन् ।आइटी आर्मीको सप्तरी जिल्ला भेलालाई बुधबार सम्बोधन गर्दै पूर्वमन्त्री साहले दुई महिना भन्दा बढी समय बिते पनि मन्त्रि परिषद्लाई पुर्णता नदिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न नसकेकोले सरकार चलाउन असक्षम रहको बताए ।

पुर्वमन्त्री साहले भने अहिलेको अवस्थामा आईटी युग भएको कारण आईटीसँग सम्बन्धित ज्ञान धेरै जनतामा नरहेको कारणले सप्तरी सहित सिङ्गो नेपाल नै पछाडी परेको बताए ।मधेशमा सबभन्दा बढी श्रोत साधन भएपिन यहाँका नेताहरुले काम नसकेके भन्दै नेताहरु आफ्नो कुर्सी र स्वार्थकै कारण मधेशी नेताहरु बदनाम भएको आरोप पुर्वमन्त्री साहले लगाए ।

अहिले देशमा दलाल, चौकिदार र भ्रष्ट मानिहरुले देश चालाई रहेको उनले बताए ।देशमा नेता परिवर्तन भएमा सबै थोक परिवर्तन हुन नसक्ने बताउँदै मधेशी जनताले प्रदेश नम्बर २ मा मधेशी पार्टीको बहुमत भएपनि सरकार चलाउन नसकेके आरोप लगाए ।

कार्यक्रममा इस्लाम हवारी, सिरया यादव, कुन्दन कुश्वाहा, श्रीलाल यादव, प्रभात महतो लगायतले आ–आफ्नो शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । उक्त कार्यक्रम दिलिप कुमार साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।आईटी आर्मीको सप्तरी संयोजक दिलिप कुमार साहको नेतृत्वमा १ सय ५१ जिल्ला कार्यसमिति गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia