इनरुवा/सुनसरीको भोक्राहामा सुरक्षा घेराका बिच नेपाली कांग्रेसको वडा अधिवेशन समपन्न भएको छ । दुई पक्षीय समूहबिच झडपको अवस्था देखिएपछि भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर ३ मा बाक्लो सुरक्षा तैनाथीका बिच अधिवेशन आयोजना गरिएको हो ।क्रियाशील सदस्यता विवादले स्थगित अधिवेशन आज सुरु गरिएको थियो । सो क्रममा पक्ष र विपक्षमा समूह बिभाजन भएपछि झडपको अवस्थालाई मध्यनजर गर्दै सुुरक्षाकर्मी परिचालन गर्नु परेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार अहिले भने अवस्था साम्य भैसकेको छ । नेतृत्व चयन लगायत वडा अधिवेशनको प्रकृया सकिएको कार्कीले बताए । अधिवेशनलाई एक पक्षले सफल भएको बताउँदा असन्तुष्ट खेमाले भने बहिस्कार गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia