इनरुवा । साह सेवा समिति इनरुवा नगर कार्यसमितिको पाँचौ नगर अधिवेशन सम्पन्न भएको छ। इनरुवा उधोग वाणिज्य संघको सभा हलमा उक्त अधिवेशन सम्पन्न भएको हो। अधिवेशन नगर अध्यक्ष सुरेन्द्र कुमार साहको अध्यक्षतामा सम्पन्न भएको हो। साह जातिहरुको सदभाव र एकताको मुल धारणाका साथ नगर समितेले अधिवेशन सम्पन्न गरेको हो।
साह सेवा समिति इनरुवा नगर कार्यसमितिको पाँचौ नगर अधिवेशनका प्रमुख अतिथि प्रदेश नम्बर–२ का आन्तरिक मामिला तथा संचारमन्त्री भरत प्रसाद साहले मुलुकभरीका साह जातिहरु एकीकृत हुन आवश्यक रहेको बताउँदै राजनीतिकमा पनि साह जातिहरुले नेतृत्व गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने बताए। प्रमुख अतिथि साहले मुलुकभरीका साह जातिहरु एकीकृत हुन आवश्यक रहेको र साह समाजका बालबालिका, युवाहरुलाई शिक्षातर्फ पनि अगाडी बढाउनु पर्ने बताए।
साह सेवा समिति इनरुवा नगर कार्य समितिको पाँचौ अधिवेशनका बिशिष्ट अतिथि इनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहताले जाति, धर्म र संस्कृतिलाई संरक्षण गर्नुपर्ने हामी सबैको दायित्व भएको बताएका छन् । साह समाजले गर्दा पनि इनरुवा सिंगारिएको र भविष्य पनि यहाँ रहेको साथै सुदृढ साह समाजको स्थापना गर्न सबैले लाग्नुपर्ने बिशिष्ट अतिथि नगरप्रमुख मेहताले बताए। साह जातिको एकता र सामाजिक विकासमा सबैले लाग्नु पर्नेमा वक्ताहरुकोले जोड दिएका थिए। अधिवेशन कार्यक्रम शिक्षक श्याम साहले संचालन गरेका थिए। उक्त कार्यक्रमका बिच साह जातिका विभिन्न व्याक्ति तथा व्याक्तित्वयलाई सम्मान गरिएको थियो। सम्मान पाउनेमा साह जातिका विधार्थी, ज्येष्ठ नागरिक, युवा, व्यापारी तथा कर्मचारी लगायतका थिए। जातिय उत्थानका लागि प्रोत्साहन स्वरुप साह सेवा समिति इनरुवा नगर कार्य समितिले अधिवेशनका बिच सम्मान कार्यक्रम गरेको हो।
नया कार्यसमितिले पाएन पुर्णता
साह सेवा समिति इनरुवा नगर कार्यसमितिको पाँचौ नगर अधिवेशनबाट नगरले नया कार्य समिति पाउने हो तर हिजो अबेर सम्मको छलफलबाट पनि नगर समितिले पुर्णता पाएको छैन। निवर्तमान अध्यक्ष सुरेन्द्र साहका अनुसार अध्यक्ष बाहेक बाकि सबै मनोनित भै सकेको छ, अध्यक्ष कसलाई दिने भन्ने कुरामा अहिले पनि छलफलको क्रम जारि नै छ। १५ सदस्य समिति चयनमा योग्य अध्यक्ष चयनमा समस्या आएको हो। अध्यक्ष चयनकालागि साह समिति भित्रै दुई धार देखिएको छ। एक पक्षका अनुसार अध्यक्षकालागि नया अनुहारको आवश्यकता देखिन्छ भने अर्का पक्षका अनुसार निवर्तमान अध्यक्षलाई नै नियमिता दिनुपर्ने आवश्यकता देखिन्छ।
समितिलाई राम्रो संग बुझेको र कार्य अनुभवको आधारमा निवर्तमान अध्यक्षलाई नै थप एक कार्यकालकालागि निरन्तरता दिनु पर्ने अडान छ। एता निवर्तमान अध्यक्ष सुरेन्द्र साहका अनुसार कार्य समितिलाई जातिय अगुवाहरुको उचित र सहि मार्गदर्शनको अभावले गर्दा नगर कार्य समितिले सोचेको जस्तो काम गर्न पाएन। जातिय संगठनलाई आकर्षक र लोभलाग्दो बनाउनकालागि जातिय संगठन भित्रका अगुवाहरुको मुख्य भुमिका हुन्छ, त्यसको यहा ठुलो कमी भएको महसुस हुन्छ फलस्वरुप अहिलेका युवाहरुको जातिय संगठनमा कम आकर्षण भएको निवर्तमान अध्यक्षको बुझाई छ। पुर्व नगर कार्यसमिति भित्रका अधिकांस पदाधिकारीहरुको समेत एकै खालका धारणा रहेको देखिन्छ। साह समिति भित्रका अगुवाहरुले सोचे अनुसारको अभिभावकको भुमिका निर्वाहा गर्न नसकेको, नगर कार्यसमितिलाई चहिएको बेला उचित मार्गदर्शन दिन नसकेको पुर्व नगर कार्यसमिति पदाधिकारीहरुको धारणा छ। यसै रस्साकस्सिका बिच नगरले योग्य र कर्मठ अध्यक्ष पाउनेमा साह सेवा समिति विश्वसत छ।