- दिलिप कुमार साह

राजविराज। राष्ट्रिय एकता अभियानले मंगलबार सप्तरी सदरमुकाम राजविराजमा मदरसा शिक्षा विधेयकको विरोध गर्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत विरुद्ध प्रदर्शन गरेको छ ।मदरसा शिक्षा विधेयकको विरोध गर्दै अभियानकी केन्द्रिय उपाध्यक्ष सुनिता साहको नेतृत्वमा मुख्यमन्त्री राउतको पुतलासमेत दहन गरेको छ ।

राजविराज स्थित शिव मन्दिरको प्राङ्गणबाट निकालिएको विरोध ¥यालीमा मदरसा शिक्षा विधेयक फिर्ता गर, प्रदेश नम्बर २ लाई तालिबान बनाउने मुख्यमन्त्री राजीनामा देउ, सुरक्षा दिन नसक्ने मुख्यमन्त्री मुर्दावाद र संघीय हिन्दू गणतन्त्र जिन्दावाद भन्दै मुख्यमन्त्री राउतविरुद्ध चर्को नाराबाजी गरेका थिए ।प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने अभियानकी केन्द्रिय उपाध्यक्ष सुनीता साहले बताइन् । ‘पछिल्लो समय मुख्यमन्त्री राउतले शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन खोजेको आरोप उपाध्यक्ष साहले लगाईन । त्यस्तै अभियानका सप्तरी संयोजक शिवशंकर शास्त्री, दिपेश जोशि (देव) लगायतको उपस्थिती रहेको थियो ।


तपाईको प्रतिक्रिया

trusted online casino malaysia