सुनसरीमा तोकिएको निषेधित क्षेत्रको अवधि थप ६ दिन बढाइएको छ । २१ गते जारी निषेधित क्षेत्रको समयावधि भोली राती सकिनेमा अब ३२ गते सम्म कायम रहने छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लालाई साउन ३२ गते राती सम्म निषेधित क्षेत्र कायम राख्ने निर्णय गरेको हो । स्थानीय तहहरुमा स्वाब संकलनको दायरा बढाउँदै जाँदा संक्रमितको संख्या समेत थपिदै गएकाले जिल्लामा लागु गरिएको निषेधित क्षेत्र थप ६ दिन कायम राख्ने प्रशासनले निर्णय गरेको हो ।
भीड नियन्त्रणसँगै कोरोना भाइरसको बढ्दो संक्रमण रोक्नकालागि निषेधित क्षेत्रको अवधि बढाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताउनु भयो ।साउन २० गते ढुवानी बाहेकका सवारी रोक्दै अत्यावश्यक बजार पसल सीमित समय खोल्ने निर्णय गरेको प्रशासनले भोलिपल्ट २१ गते रातीबाट लागु हुने गरी जिल्लालाई निषेधित क्षेत्र तोकेको थियो । प्रशासनले निषेधित क्षेत्र कायम गर्दा तोकिएका सर्त र नियमहरु यसअघि सरह लागु रहने जनाएको छ ।
https://www.facebook.com/inaruwaonline/videos/573871703283444/?t=0
https://www.facebook.com/inaruwaonline/videos/1420048318185651/?t=2
https://www.facebook.com/inaruwaonline/videos/988973271560820/?t=2