साउन २१ गते इनरुवा बसपार्कमा स्वाब दिएका एक सय जना सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । स्थानीय नेता तथा औषधी व्यवसायी योगेन्द्रप्रसाद मेहतामा कोरोना संक्रमण पुष्टि भएपछि उनीसँगको कन्ट्याक ट्रेसिङका आधारमा एक सय जनाको स्वाब संकलन गरिएको थियो । संक्रमित पुरुषको परिवारका सदस्य सहित सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
स्वाब संलकन गरिएकाहरुमा अधिकांश नेपाली कांग्रेस आवद्ध नेता तथा कार्यकर्ताहरु थिए । संक्रमण पुष्टि भएका व्यक्ति पार्टीको महाधिवेशन तयारीका क्रममा विभिन्न वडा र गाउँसम्म पुगेको पाइएपछि ठूलो संख्यामा स्वाब संकलन गरिएको थियो । मेेेेहतामा देखिएकाेे काेेेराेेेेना संंक्रमणकाे स्रोत भनेे पत्ता लागेेको छैैन ।
https://www.facebook.com/inaruwaonline/videos/573871703283444/?t=0
https://www.facebook.com/inaruwaonline/videos/1420048318185651/?t=2
https://www.facebook.com/inaruwaonline/videos/988973271560820/?t=2