सुनसरीको दक्षिणवर्ती क्षेत्रमा कार्यरत दुइ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टी भएका दुवैजना पुरुष हुन। इनरुवा नगरपालिका स्वास्थ्य शाखाका मिश्रिलाल मेहताले दिएको जानकारी अनुसार संक्रमितहरु इनरुवा नगरपालिका वडा नं १ घर भएका वर्ष ४५ तथा बराहक्षेत्र नगरपालिका वडा नं ३ घर भएका वर्ष २४ का हुन।

दुवैजनाको श्रावण २१ गते इनरुवा वडा नं ४ मा रहेको सशस्त्र प्रहरी गणमा कोरोना परीक्षणकालागि स्वाब संक्लन गरि विपि प्रतिष्ठान धरान पठाईएको थियो। संक्रमित सशस्त्र प्रहरीहरु दक्षिणि सीमावर्ती क्षेत्र आमडुवा र कप्तानगञ्जमा कार्यरत हुन।

संक्रमणको पुष्टी भए संगै दुवै जनाको कन्ट्याक ट्रेसिङ सुरु गरिएको छ। स्वास्थ्य शाखाका मेहताका अनुसार इनरुवा घर भएका सशस्त्र प्रहरीको घरमा हामीले सम्पर्क गरि सकेका छौ र सम्पुर्ण विवरण संकल्न गरि कन्ट्याक ट्रेसिङका आधारमा कोरोना परीक्षण गरिनेछ। कोरोना परीक्षणकालागि स्वाबदिसकेपछि इनरुवा घर भएका ४५ वर्षिय सशस्त्र प्रहरी आफ्नो घर समेत पुगेको कथन रहेकोले सोको आधारमा समुदाय स्तरमा कन्ट्याक ट्रेसिङ गरिने भएको हो।

https://www.facebook.com/inaruwaonline/videos/573871703283444/?t=0

https://www.facebook.com/inaruwaonline/videos/1420048318185651/?t=2

https://www.facebook.com/inaruwaonline/videos/988973271560820/?t=2

तपाईको प्रतिक्रिया

trusted online casino malaysia