Snowfall-in-America

१० माघ, अमेरिका । विश्वलाई जितेको शक्ति राष्ट्र अमेरिका यतिबेला प्रकृतिसामू निरीह भएको छ । चौबिसै घण्टा व्यस्त रहने अमेरिका यतिबेला सुनसान छ र बजारमा चहल पहल ठप्प प्राय छ । कहिल्यै नसुत्ने शहर भनिने न्यूयोर्क दिउँसैदेखि सुत्न बाध्य भयो ।  १० वटा राज्यहरु आपतकालको सामना गरिरहेका छन् ।

अमेरिकामा यतिबेला अत्यधिक हिमपात भएको छ र नर्थ क्यारोलिनादेखि न्युयोर्कसम्म झण्डै साढे ८ करोड मानिसहरु प्रभावित भएका छन् । सर्बसाधारणहरुलाई घर बाहिर ननिस्किन सार्बजनिक अपिल गरिएको छ ।

१० राज्यमा आपतकाल

मेरिल्यान्ड, भर्जिनिया, डेलावर, नर्थ क्यारोलिना, जर्जिया, पेन्सलभेनिया, न्युजर्सी, वेष्ट भर्जिनिया, टेनेसी र केन्टुकी राज्यमा आपतकालीन स्थिति लागु गरिएको छ । झण्डै २८ ईन्चसम्म बाक्लो हिमपात भएका कारण १० राज्यमा आपतकालीन स्थिति घोषणा गरिएको हो ।

हिमपातसँगै जोडले चलेको हावा हुरी र विद्युत आपूर्तीमा अवरोधले जनजीवन अस्त व्यस्त बनेको छ । बिशेषत वासिङटन डिसी, बाल्टिमोर, फिलाडेल्फ्रिया र न्युयोर्कमा भारी हिमपातका अतिरिक्त प्रतिघण्टा ५० माइलको गतिले हावा चलिरहेको छ । हिमपातले सबैभन्दा प्रभावित नर्थ क्यारोलिना राज्यमा झण्डै एक लाख ५० हजार जति घरमा विद्युत आपूर्ती बन्द भएको छ । प्रभावित क्षेत्रमा विश्वविद्यालय र विद्यालयहरु पनि बन्द छन् ।

हजारौं आन्तरिक एवम् बाह्य उडानहरु स्थगित भएका छन् । प्रतिकुल मौसमका कारण शुक्रबार ६ हजार तीन सय उडानहरु रोकिएका थिए भने शनिबार रातिसम्म थप पाँच हजार उडानहरु स्थगित भएको बताइएको छ । राजधानी वासिङटन डिसीमा शुक्रबार दिउँसोदेखि आईतबारसम्मका लागि सार्वजनिक यातायात ‘मेट्रो सब वे’ बन्द गरिएको छ ।

घर बाहिर ननिस्कन अपिल

विभिन्न राज्यहरुका गभर्नर एवम् सिटी मेयरहरुले सर्वसाधारणहरुलाई घर बाहिर ननिस्कन सार्वजनिक अपिल गरेका छन् । न्यूयोर्कमा बाटो, पुल, टनेलहरु सबै स्थानीय समयअनुसार २ः३० बजेदेखि नै बन्द गरिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia