ob4-620x264

विराटनगर २५ असोज । लामो समय देखी खाना पकाउने ग्यास नपाएर रिषले चुर भएका विराटनगर १७ का स्थानिय बासिन्दा भने आज निकै नै हर्षित भएका छन् ।
विगत लामो समय देखी मधेशी मोर्चाको अनिस्चतकालिन बन्दले गर्दा खाना पकाउने ग्यास नपाएर अजित भएका नेपाली जनता आज केही मात्रामा खुशी भएका छन् । विराटनगर १७ स्थित रानी सिकीयाई नहरमा रहेको संञ्चित सप्लार्यसले आज खाना पकाउने वितरण गरेको थियो । गए राती १२ बजे करीब दुई सयको संख्यामा ल्याएको खाना पकाउने
ग्यास विराटनगर १७ का स्थानिय उपभोक्तालाई वितरण गरेको थियो । २ महिना पछी पाएको खाना पकाउने ग्यास पाए संगै हर्षित भएका छन् । एक महिना अगाडी देखी सकिएको ग्यास बल्ल आफूहरुले पाउदा ज्यादै खुशी भएको विराटनगर १७ का स्थानिय वासी प्रदिप कर्ण, शिव कर्ण, शुशिल कर्ण, सुष्मा श्रेष्ठ, सिता कार्की लगायतले बताए । आफुहरु विहान २ बजे देखी लाईनमा बसेर बल्ल बल्ल ग्यास पाए संगै खुशी भएको व्याक्त गरे । मधेशी मोर्चाको बन्द संगै भारतले लगाएको नाका बन्दीका कारण नेपाली सर्वसाधरणले पेट्रोल, डिजल, नुन, तेल र खाना पकाउने ग्यास नपाएर दुःख पाउदै आएका छन् ।साभार: आवर बिराटनगर

तपाईको प्रतिक्रिया

trusted online casino malaysia