- बिरेन्द्र शाह

इनरुवा । जब मानिसलाई साह्रै ठूलो संकट आईपर्छ तब उसले कसै न कसैको सहारा खेज्दछ । यस्तै संकट निम्यतएको कोरोना कहरलाई नियन्त्रण गर्न इनरुवाबासीको सहारा बन्यो इनरुवा नगरपालिका अर्थात इनरुवा स्थानीय सरकार र तत्काल नयाँ बसपार्कमा क्वारेन्टाईन स्थापना गरियो ।आहतमा राहत स्थानीय सरकारको हात भन्ने मान्यतालाई तत्काल नागरिक सरोकारको बिषयलाई सम्वोधन गरेको इनरुवा नगरपालिकाले त्यसपछि क्रमस क्वारेन्टाईन बिस्तार गरेर भगवती मा.बि. इनरुवा र हरि प्रा.बि.चाँदबेलामा बिस्तार गर्दै क्वारेन्टाईन संख्या तीन पुर्यायो । जब कोही शंकास्पद इनरुवा प्रवेस गर्छन् वा इनरुवा कै स्थानीयलाई समस्या पर्छ तब प्रहरी र सेनासँगको सहकार्यमा इनरुवा नगरपालिकाले तुरुन्तै त्यस्ता मानिसलाई क्वारेन्टाईनमा पुर्याएर सबै ब्यवस्थापन गरिदिन्छ । एकातर्फ कोरोना नियन्त्रणको अथक प्रयास अर्काे तर्फ जनउत्तरदायि स्थानीय सरकार, यो मान्यता स्थापित गरेको छ इनरुवा नगरपालिकाले ।

क्वारेन्टाईन ब्यवस्थापनमा उदघाटन पश्चात प्रयोगबिहिन अवस्थामा रहेको इनरुवाको नयाँ बसपार्कलाई सुनसरी जिल्ला कै २० बेड क्षमताको पहिलो क्वारेन्टाईन बनाइयो भने कोभिड १९ को सम्भावित संक्रमितको चापलाई ध्यानमा राखेर वडा नं. १ र ७ मा थप २ क्वारेन्टिनको स्थापना आवश्यक्ताको आधारमा गरिएको इनरुवा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख कपलेश्वर प्रसाद शाह ले बताउनु भयो ।

पहिलो क्वारेन्टाईन भन्दा दोस्रो र तेस्रो क्वारेन्टाईनको क्षमता पनि बढाइएको छ । इनरुवा वडा नं. १ मा रहेको भगवति मावि मा जेष्ठ १५ गते एक सय बेड क्षमता र जेष्ठ २७ गते वडा नं. ७ मा रहेको चाँदबेलाको हरि प्राविमा पनि एक सय बेड क्षमताको क्वारेन्टिनको स्थापना गरिएको हो।सक्रमित वा शंकास्पद सबैखाले मानिसलाई निश्चित अवधि न्युनतम १५ दिन सम्म नगरपालिकाले यिनै क्वारेन्टिनमा राखी खानपान देखि लिएर सम्पुर्ण व्यवस्था गर्दै आएको छ क्वारेन्टाईनमा भएका सबैको क्रमबद्द रुपमा सबैको पिसिआर परिक्षण पश्चात संक्रमितहरुलाई आईसोलेसनमा पठाईने तथा संक्रमित नदेखिएकाहरुलाई आ-आफ्नो घर पठाउने गरेको क्वारेन्टाईन ब्यवस्थापनमा खटिएका स्वास्थ्य शाखाका संतोष देव बताउछन् ।

सामान्यतया क्वारेन्टिनमा १४ दिन अनिवार्य बस्नु पर्ने नियमलाई पनि यस नगरपालिकाले समेत पालना गर्दै क्वारेन्टाईनको उच्चतम सुविधा र मापदण्ड पुरा गर्ने प्रयास गरेको नगरपालिकाको उपमेयर जमुना गौतम पोखरेलले बताईन । क्वारेन्टिनमा हाल सम्म १८७ जना बसि सकेका छन जस मध्ये महिलाको संख्या २१ र पुरुषको संख्या १ सय ६६ रहेको छ । संक्रमित नदेखिएकाहरु ७४ जना घर फर्की सकेका छन भने अहिले १ सय ११ जना नगरपालिकाको विभिन्न क्वारेन्टिनमा बसिरहेका नगरपालिका स्वास्थ्य शाखाका मिश्रिलाल मेहता बताउछन ्।
इनरुवा नगरपालिका क्षेत्रमा गत जेष्ठ २५ गते पहिलो कोरोना सक्रमित पुष्टी भएको थियो भने भगवति मावि क्वारेन्टिनमा भारतबाट आएर बसेका दुई जना युवामा संक्रमण देखिएको थियो । संक्रमितहरु वर्ष २३ र २७ का इनरुवा वडा नं. १० र २ घर भएका युवा हरु हुन । उनिहरु दुवैजनालाई थप उपचारकालागि सुन्दरहरैचा, गोठगाउँ को पुर्वाञ्चल विश्वविधालयमा सञ्चालन गरिएको आइसोलेसनमा पठाईएको जानकारी स्वास्थ्य शाखाका संतोष देवले दिए ।

इनरुवा नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार नगरपालिका भित्रका भारत लगायत अन्य मुलुकबाट आएका मानिसहरुका साथै छिमेकी नगरपालिका, गाउपालिका र अन्य जिल्लाका मानिसहरु समेत बस्दै आएका छन । वर्तमान अवस्थामा गढी, देवांगञ्ज, भुटाहा गाउपालिकाका मानिसहरुले नगरपालिकाको क्वारेन्टिनमा बसेका थिए । रोजगारीको सिलसिलामा कुवेतबाट फर्किएकि झापा जिल्ला घर हुने युवतिहरु समेत अहिले नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका छन। दैनिक क्वारेन्टिनमा बस्न आउने र बिदा हुनेको संख्या घटबढ हुने भई रहने क्वारेन्टाईन ब्यवस्थापन समितिका स्वास्थ्य शाखाका संतोष देवल ले बताए ।

तीनवटा क्वारेन्टाईन मध्ये बस पार्कमा रहेको क्वारेन्टाईनमा पहिलो पल्ट कोरोना सम्बन्धि आरडीटी परिक्षण गरिएको थियो । भारतबाट आएका ७ जनालाई २० दिन क्वारेन्टाईनमा राखि उनिहरुको आरडीटी परिक्षण गरिएको स्वास्थ्यकर्मी मिश्रीलाल मेहताले बताएका छन् । तर उनिहरु सातै जनाको आरडीटी परिक्षणको नतिजा नेगेटिभ आएको थियो । इनरुवा नगरपालिकाले जिल्लामै पहिलो पटक क्वारेन्टिन स्थापना गरे पनि सुरुको समयमा पिसिआर परिक्षणको व्यवस्था भने हुन सकेो थिएन ।

नगरपालिकाले तिन वटै क्वारेन्टाईनमा स्वास्थ्यकर्मी, नगर प्रहरी र अन्य सेवाका कर्मचारीहरु आवश्यकता अनुसार खटाइएको छ । प्रत्येक क्वारेन्टाईनमा ६ जना स्वास्थ्यकर्मीहरु निर्धारित समय तालिका अनुसार खटिएका छन् । बस पार्क तथा भगवति मावि क्वारेन्टाईनमा मा ६÷६ जनाका दरले स्वास्थ्यकर्मी खटाइएका छन भने हरि प्रावि चाँदबेला क्वारेन्टाईनमा ३ जना स्वास्थ्यकर्मी खटाइएका छन् । स्वास्थ्यकर्मीका अलावा नगरप्रहरी, खानापकाउने कर्मचारी देखि लिएर सरसफाई कर्मचारी समेत नगरपालिकाले खटाएको छ । आठ जना नगरप्रहरी तथा तीन जना सफाईकर्मीको जिम्मामा बसपार्क क्वारेन्टिन चल्दै आएको छ भने दुई जना सेवाका कार्मचारीबाट भगवत्ति मावि क्वारेन्टिन चल्दै आएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी संगै रहेको भगवति मावि क्वारेन्टाईन व्यवस्थापनको जिम्मा नगरपालिकाले जिल्ला प्रहरी कार्यालयल सुनसरीलाई दिएको छ । जस्ले गर्दा नगरपालिकाले खाना पकाउन तथा भैपरि आउने कार्यकालागि मात्र दुई जना त्यस क्वारेन्टाईनमा खटाएको र बाकी सम्पुर्ण व्यवस्थापन गर्दै आएको इनरुवा नगरपालिका प्रमुख राजन मेहता ले बताएका छन् ।

पछिल्लो समय स्थापना भएको चाँदबेला क्वारेन्टाईनमा चार जना सेवाका कर्मचारीको जिम्मामा व्यवस्थापन रहेको चाँदबेला क्वारेन्टाईनका इन्चार्ज श्याम सुन्दर मेहता बताउछन । प्रहरी र नगरपालिकाको समन्वयले नै यहाँका क्वारेन्टाईन उत्कृष्ट ब्यवस्थानको झल्कोदिने खालका बनेको नगर प्रमुख मेहता ले बताए । आवश्क कर्मचारीको उचित ब्यवस्थापन, चुष्त प्रशासन र दुरुस्त स्वास्थ्य अवस्था इनरुवा नगरभित्रका क्वारेन्टाईनको बिशेषता नै बनेको छ ।बस पार्क क्वारेन्टाईनमा कार्यरत कर्मचारी सुर्य बहादुर आचार्यका अनुसार अहिले सम्म सुरक्षाकर्मीको उत्साहाजनक साथ र सहयोग हामीले पाएका छौ । सुरक्षाकर्मी संगको सहकार्य आफ्ना लागि महत्वपूर्ण सिकाई र अनुभव भएको स्वास्थ्यकर्मी संतोष देवले बताएका छन ।

क्वारेन्टाईनमा बस्नेहरुलाई नियमित रुपमा स्वास्थ्य चेकजाच गरिने तथा आवश्यक परेको खण्डमा सामान्य बिरामिको औषधि उपलब्ध गराईदिने गरिएको छ । नगरपालिकाको क्वारेन्टाईनमा नियमित रुपमा चिया, नास्ता तथा खानाको प्रबन्ध मिलाईएको छ। क्वारेन्टाईनमा कार्यरत कर्मचारी सुर्य बहादुर आचार्य भन्छन्, “हामीले वहाहरुलाई खानपानमा कुनै किसिमको त्रुटि हुन दिएका छैनौ । प्रत्येक व्याक्तिलाई दिनभरिमा व्याक्तिगत रुपमा प्रयोग हुने सामाग्रीको व्यवस्था मिलाउने कोशिस गरेका छौ ।” क्वारेन्टाईनमा बसेकाहरुलाई समय बिताउन निकै पट्यार लाग्नु स्वाभाविक हो तसर्थ नगरपालिकाले इनटरनेट जडान गरि वाईफाईको सुविधा दिएको छ । नगरपालिका स्वास्थ्य शाखाका अनुसार बस पार्क र भागवति मावि क्वारेन्टाईनमा वाईफाईको सुविधा प्रदान गरिएको छ ।

इनरुवा नगरपालिकाले क्वारेन्टाईन व्यवस्थापनाकालागि अहिले सम्ममा ३४ लाख रुपैया खर्च गरिसकेको छ । नगरपालिकाका लेखा प्रमुख अशोक मेहताका अनुसार अहिले सम्म जम्मा कति खर्च भयो भन्ने कुराको यकिन गर्न गार्हो छ किनकी आवश्यकता अनुसार क्वारेन्टाईन स्थापना र संचालन भै नै रहेको अवस्थामा तथापि अहिले सम्म करीब ३० लाख रकम खर्च भैसकेको छ । नगरपालिकाले आर्थिक क्रियाकलाप पारदर्शी बनाउन क्वारेन्टाईनको खर्चको भुक्तानि बिल भर्पाईको आधारमा गर्दै आएको र त्यसको लेखा चुष्त, दुरुस्त रअध्यावधिक गर्ने काम भईरहेको लेखा प्रमुख मेहता बताउछन ।

लेखा प्रमुख मेहताका अनुसार विपद व्यव्स्थापन कोषको २० लाख, प्रदेश सरकारको १० लाख साथै विभिन्न शिर्षक जस्तै ट्याक्टर खरिद, सवारी साधन खरिद, पुजिगत शर्षक, वडाका विभिन्न शिर्षक आदि जस्ता शिर्षकको रकम रकमान्तर गरि राहत उद्दार तथा पुनस््र्थापना कोषको निर्माण गरि माहामारीका बेला राहत तथा क्वारेन्टाईन व्यव्स्थापनमा खर्च गरिएको लेखा प्रमुख मेहताले बताएको छ। क्वारेन्टाईनलाई जिल्लाकै उत्कृष्ट भएको नगरपालिकाको दाबी एका तर्फ छ भने अर्का तर्फ त्याहा बस्नेका पनि आफ्नै प्रकारका गुनासाहरु छन् । क्वारेन्टाईनमा बस्दै आएका तथा क्वारेन्टाईनबाट घर फर्किसकेकाहरुले मिश्रित धारणा राखेका छन । भगवति मावि क्वारेन्टाईनमा जेष्ठ ३० गते देखि बस्दै आएका वर्ष २२ का युवा क्वारेन्टाईन व्यवस्थापनका बारेमा प्रतिक्रिया दिदै भन्छन्, “खानपान राम्रै भए पनि शौचालय र खानेपानिको सार्है नै असुविधा रहेको छ । एउटा मात्र शौचालय रहेको रसरसफाईको उचित ब्यवस्थापन भएको छैन ।”

त्यस्तै बसपार्क क्वारेन्टिनमा कुवेतबाट फर्किएकी ३० वर्षिय युवतिको गुनासो क्वारेन्टिनमा कार्यरत कर्मचारीहरुको बोलिबचन सहज नभएको, सरसफाईमा निकै नै कमिकमजोरी रहेको, सुत्ने बेडको राम्रो व्यवस्था नभएको, पर्याप्त शौचालयको व्यव्स्था नभएको, क्वारेन्टिनमा बस्नेहरुको चाप दिनदिनै बढ्दै गरेको छ । ती युवती अन्य कुरामा कुनै कामिकमजोरी नरहेको र खानपान देखि अन्य सुविधाहरु उच्चकोटिको रहेको बताउछिन । त्यस्तै पसिआर परिक्षणको नतिजा नेगेटिभ आए पश्चात जेष्ठ २९ गते बसपार्क क्वारेन्टिनबाट बिदा भएका इनरुवा नगरपालिका वडा नं. ३ का ३४ वर्षिय पुरुष नगरपालिकाले गरेको व्यवस्थापन प्रति आनन्दित छन् । उनि भन्छन “नगरपालिकाले गरेको क्वारेन्टाईन व्यवस्थापन अरु ठाउको तुलनामा निकै नै सराहनिय छ भन्ने मेरो बुझाई हो ।”

इनरुवा नगरपालिका स्वास्थ्य शाखाले अरु स्थानिय निकायको क्वारेन्टाईन भन्दा आफ्नो क्वारेन्टाईन राम्रो तथा प्रभावकारी रहेको दावी गरेको छ । तथापि यहाका क्वारेन्टाईनमा पनि थुप्रै कुरोको त्रुटी तथा अभाव रहेको र पिसिआरको स्वाब कलेक्सन सेन्टर सम्म पुग्नकालागि एम्बुलेन्स सेवा, सेनिटाईजर, ग्लोब्स, माक्स, साबुन, खानेपानी आदी सेवा सुविधाहरु थप्नु पर्ने नगरपालिकाको स्वास्थ्य शाखाले स्विकार गरेको छ ।

क्वारेन्टिनलाई अझ प्रभावकारी बनाउनलाई विश्व स्वास्थ्य संगठनको मापदण्डलाई अंगाल्नु भन्दा अर्को कुनै विकल्प नरहेको नगरपालिका स्वास्थ्य शाखाको पनि धारणा रहेको छ । क्वारेन्टाईन व्यवस्थापन अरु स्थानिय निकाय जस्तै हाम्रोलागि पनि बिलकुलै नया चिज हो। अरु स्थानिय निकायको क्वारेन्टाईन व्यवस्थापन भन्दा इनरुवा नगरपालिकाको क्वारेन्टाईन व्यवस्थापन अब्बल रहेता पनि विश्व स्वास्थ्य संगठनको सबै मापदण्ड पुरा हुन नसकेको र स्थानिय निकाय संग प्रयाप्त बजेटको अभाव रहेको नगर प्रमुख राजन मेहता को तर्क छ ।

उत्कृष्टा क्वारेन्टाईन ब्यवस्थापनकालागि इनरुवा सरकारले अझै थुप्रै काम गर्न बाँकी छ । उचित बजेटको ब्यवस्थापन, नियमित र सुक्ष्म अनुगमन, सुरक्षा सामाग्रीको प्रयाप्त उपलब्धता, उचित सौचालाय र पानीको बयवस्थापन तथा नियमित सरसफाई आवश्यक रहेको नजिकबाट क्वारेन्टाईनलाई नियाली रहेका स्थानीयको सुझाव छ ।









तपाईको प्रतिक्रिया

trusted online casino malaysia