nepali-rupees111

भोजपुर, २५ असोज / दसैँ नजिकिँदै गर्दा राष्ट्रिय वाणिज्य बैंक भोजपुर शाखामा नयाँ नोट लिने सर्वसाधारणको घुइँचो लागेको छ । जिल्लामा बैंकले नयाँ नोट वितरण गर्न थालेसँगै दैनिक रुपमा ३०० जनासम्म सर्वसाधारण नयाँ नोट साट्नका लागि आउने गरेको राष्ट्रिय वाणिज्य बैंक भोजपुर शाखाका प्रबन्धक उमेश नेपालले जानकारी दिनुभयो ।

यता नयाँ नोट वितरणका लागि छोटो समय राखी रकम पठाउँदा सर्वसाधारणको चाप एकैपटक हुने र सेवा दिन समस्या भएको बैंकका कर्मचारीले बताएका छन् ।

राष्ट्र बैंकले नयाँ नोट राष्ट्रिय वाणिज्य बैंकलाई एकमुष्ट उपलब्ध गराएपछि वाणिज्य बैंकले जिल्लामा सञ्चालित अन्य वित्तीय बैंकलाई उपलब्ध गराउने गरेको छ । अघिल्लो वर्ष यहाँको शाखालाई रु तीन करोड नयाँ नोट आए पनि यस वर्ष रु पाँच करोड आएको र आइतबारदेखि नयाँ नोट साट्न सुरु गरिएको प्रबन्धक नेपालले बताउनुभयो ।साभार : पुर्वेली न्युज

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia