२७ पुष । चिसो बढ्ना साथ मानिसमा अल्छिपना देखिन्छ यो कुरा सामान्य नै हो । सानो ठूलो जुनसुकै उमेरका मानिसमा पनि यस्तो देखिन्छ । जब चिसोबढ्दै जान्छ मानिसलाई पढ्न नपरे हुन्थ्यो जस्तो लाग्न थाल्छ । त्यसमाथि पनि झन परीक्षाको समयमा त झन अल्छीपन दुई गुना बढ्ने गर्छ । तसर्थ यस किसिमको अल्छीपनाबाट बच्नको लागि के गर्न सकिन्छ त ? त्यसका केही सरल उपायहरू

reading-in-winter

१. गर्मी (बाक्लो)कपडा लगाएर पढ्न बस्नुहोस् 
जब चिसो बढ्न थाल्छ त्यसपछि पढ्न अल्छी लाग्नु स्वाभाविकै हो तर नपढी नहुनेभएपछि उपाय के त ? न्यानो कपडा लगाउनुहोस् किनकी स्वास्थ्यका लागि पनि चिसोबाट त बच्नै प¥यो । कम्बलको प्रयोग भरसक नगर्नु होस् । टोपी लगाउनु होस्, मोजा प्रयोग गर्नुहोस् । जाडो छेक्ने निहुँमा धेरै कपडा नलगाउनुहोस् कारण शरीरमा बोझमात्रै हुन्छ ।

२. सुतेर होइन बसेर पढ्नुहोेस् 
जाडोको समयमा खासगरी मानिसहरु हल्का छड्के परेर पढ्ने गर्छन् । यसरी पढ्नाले अल्छी पना बढ्छ र  छिट्टै निद्रा लाग्छ । यसबाट बच्नको लागि  कुर्चिमा बसेर पढ्नुहोस् या विस्तरामा बसेर पढ्नुहोस्

३. लगातार नपढ्नु होस् बिच बिचमा विश्राम गर्नुहोस्
लगातार धेरै समय एकै ठाउँमा बसेर अध्ययन गर्नाले शरीरमा थकान बढ्ने निद्रा लाग्ने, हातखुट्टा झमझमाउने हुन्छ । तसर्थ बीचबीचमा  विश्राम लिनुहोस् । त्यसोभएपछि थकाई मर्छ फ्रेस भईन्छ । र फेरी पढ्ने जाँगर लाग्छ ।

४.खानपानमा ध्यान दिनुहोस् 
चिसो मौसममा तातो तातो खानेकुरा खानमन लाग्नु स्वाभाविकै हो । त्यसमाथिपनि हामी घरमा छौ भने त झनै बढी मन लाग्छ । धेरै खाना खाँदा जिउ भारी हुन्छ र अल्छीपन बढ्छ । तसर्थ जति मीठो भए पनि धेरै खाना नखानुहोस् ।

५. तातो पेय पदार्थ लिनुहोस् 
शरिरलाई पूmर्तिलो बनाई राख्न तातो चिया, कफि खान सके राम्रो हुन्छ । तातो पेयले अल्छी पनालाई हटाउँछ । चिया कफी उपलब्ध छैन भने सट्टामा तातो दूध पनि पिउन सकिन्छ ।

६.रुटिङलाई ख्याल राख्नुहोस्
यदी चिसो मौसमा परीक्षा परेको छ भने अध्ययनको लागि रुटिङ  बनाउनु होस् र सोही अनुसार अध्ययन जारी राख्नुहोस् । सक्नु हुन्छ भने विहानको समयलाई रोज्नुहोस् किनकी विहानको समय अध्ययनको लागि राम्रो मानिन्छ । भनिन्छ विहानपख गरिएको अध्ययन विर्सिंदैन ।

७. अध्ययन गर्ने स्थानको चयन गर्नुहोस् 
विहान–दिउँसो–बेलुकीको समयमा अध्यनको लागि स्थानको चयन गर्नुहोस् । खासगरी विहान बेलुका विस्तरामा या न्यानो कोठामा र दिउँसोमा घामलाग्ने पाहारीलो स्थान जहाँ हो हल्लाको कुनै प्रभाव पर्दैन त्यस्तो स्थानमा पढ्ने व्यवस्था मिलाउनु होस् । जसले गर्दा पढ्नमा जाँगर लाग्छ ।

८.खेल खेल्नुहोस् 
खेल खेल्नको लागि पनि तपाइले केही समय निकाल्न सक्नुभयो भने राम्रो हुन्छ । किनकी एक वा आधा घण्टा खेल्नाले अल्छीपना हट्छ र शरीरमा स्पूmर्ति बढ्छ । तसर्थ चाहे परिक्षा को समय होस् अन्य सामान्य अवस्था एकछिन् खेल खेल्नुहोस् । सकभर खेल खेल्दा शरीरबाट पसीना बाहिर निस्कीयोस तर थकाई नलागोस् । जस्तै भलिबल व्याडमेन्टन आदि ।

९. कहिले काहिँ पुस्तकालयमा अध्ययन गर्नुहोस् 
स्कुल या कलेजमा अध्ययन गर्दै हुनुहुन्छ भने त्यहा रहेको लाइब्रेरीमा अध्ययन गर्नुहोस् । या त घर वरीपरि क्लबहरुले संचालन गरेका लाइब्रेरीमा पनि अध्ययन गर्न सक्नुहुन्छ ।  किनकी सबै खालका पुस्तक किनेर पढ्ने क्षमता सबै मानिसमा हुँदैन । तर पुस्तकालयमा थरी थरीका पुस्तकहरु पाउन सकिन्छ ।

१०. ग्रुपमा बसेर पढ्नु होस्
अध्ययनका लागि एकान्त नै चाहिन्छ भन्ने पनि छैन ।  कुनै कुनै विषय यस्ता हुन्छन् जसलाई समुहमा बसेर अध्ययन गर्दा आफुलाई अस्पष्ट भएका विषयहरुमा स्पष्ट हुन सकिन्छ  । त्यसकालागि समूहमा बसेर पढ्दा फाइदा हुन्छ । समूहमा बसेर पढ्नको लागि चउर या पार्क उपयुक्त हुन्छ । यस्तो ठाउँमा बस्दा एक त खुल्ला वातावरण हुन्छ भने नजानेका दोधारे कुरा अस्पष्ट भएका सन्दर्भहरूका बारेमा तुरुन्त साथीहरु सँग सोधेर त्यसबारे स्पष्ट हुन सकिन्छ । यसरी गरेको अध्ययन विर्सिंदैन् । किनकी एउटा न एउटा रमाईलो सन्दर्भ त्यहाँ जोडिएको हुन्छ ।फर सी नेटवर्कबाट

 

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia