12511705_990305704350690_368721293_n

इनरुवा पुष २३/
जिल्लामा रहेका सामूदायिक विद्यालयको शैक्षिक गुणस्तरका बारे सरोकारवालावीच छलफलको आयोजना गरिएको छ ।
जिल्ला शिक्षा कार्यालय सुनसरीले आज इनरुवामा आयोजना गरेको कार्यक्रममा राजनैतिक दलका प्रतीनीधिका अलावा शिक्षक संघसंगठनका प्रतीनिधी र सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा विद्यालय क्षेत्र सुधार कार्यक्रम र अनौपचारिक शिक्षा तथा निरन्तर सिकाई कार्यक्रमका बारेमा चर्चा गरिएको थियो ।
कार्यक्रममा सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न जरुरी रहेको औल्याइयो । पछिल्लो समय शिक्षा कार्यालयले विद्यालय क्षेत्र सुधार अभियान संचालनमा ल्याएसँगै समग्र शैक्षिक गतिविधीमा सुधार देखिएको सरोकारवालाहरुको ठहर थियो ।
छलफलमा सहभागि दलिय प्रतीनिधिहरुले जिल्लाको शैक्षिक गुणस्तर अझपनि माथि उकसन नसकेको प्रति चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रुद्र दुलालले सरोकारवाला सबैको साथ र सहयोगमा समग्र शैक्षिक अवस्था सुधारको पहललाई तिव्रता दिइने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia