सिड्नी । अष्ट्रेलियाको आप्रवासन कार्यक्रम अन्र्तगत स्थायी बसोबास अनुमति (पीआर) पाउनेमा नेपाली नवौं नम्बरमा पर्न सफल भएका छन् ।

सन् २०१४/१५ को अबधिमा कुल ४ हजार १ सय ३० जना नेपालीले स्थायी बसोबास अनुमित पाएका छन् । अष्ट्रेलियाको डिपार्टमेन्ट अफ माइग्रेसन एण्ड बार्डर प्रोटेक्सनले हालै सार्वजनिक गरेको तथ्याङअनुसार यो अबधिमा नेपाल शीर्ष १० मुलुकमध्ये नवौं स्थानमा पर्न सफल भएको हो ।

यद्यपि अघिल्लो बर्षको तुलनामा करिव दुई सयले कम हो । अघिल्लो बर्ष यहि अवधिमा ४ हजार ३ सय ६४ जनाले स्थायी बसोबास अनुमति पाएका थिए ।

सार्वजनिक तथ्याङ्कअनुसार पीआर पाउने मुलुकको पहिलो स्थानमा भारत र दोस्रो स्थानमा चीन रहेको छ । यसैगरी बेलायत तेस्रो, फिलिपिन्स चौथो, पाकिस्तान पाँचौं, आइरिस रिपब्लिक छैटौं, भियतनाम सातौं, दक्षिण अफि्रका आठौं र नेपाल नबौं स्थानमा छन् । मलेसिया दशौं स्थानमा पर्न सफल भएको छ ।

अष्ट्रेलियाको आप्रवासन कार्यक्रममा स्थायी अनुमति पाउनेमा दक्षिण एशियाली मुलुकबाट मात्रै २८.९ प्रतिशत रहेका छन् । अष्ट्रेलियामा स्थायी अनुमति पाउनेहरुमा रोजगारदाताको प्रायोजनप्राप्त दक्ष जनशक्तिको हिस्सा सवैभन्दा धेरै छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia