timthumb (1)
भारतको मणिपुरलाई केन्द्रविन्दुर बनाएर गएको ६.७ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परि अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ । भूकम्पमा परि एक सय भन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

सोमबार विहान नेपाली समय अनुसार ४ बजेर ५३ मिनेटमा भारतको मनिपुरलाई केन्द्रविन्दु बनाएर गएको ६ दशमलब ७ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग जनाएको छ । भूकम्पको केन्द्र भारत म्यान्मार सीमाको मणिपुरको तेम्ग्लाङग भन्ने ठाउँमा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

भारतीय मौसम विभागका अनुसार भूकम्पको केन्द्र इम्फालबाट करिब ३३ किलोमिटर दूरीमा थियो । भूकम्पले करिब एक मिनेटसम्म हल्लाएको थियो । भारतको असम, बंगाल, अरुणाचल प्रदेश, बिहार, झारखण्डसहितका राज्यहरुमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ। भूकम्पको असर बिहार र यूपी राज्यमा पनि परेको छ।
नेपाल र बंगलादेशमा पनि धक्का महसुस

भारतमा गएको शक्तिशाली भूकम्पको धक्का महसुस नेपालमा पनि गरिएको छ । नेपालमा भोजपुर, धनकुटा, ताप्लेजुङ, झापासहित काठमाडौँ उपत्यकामा पनि भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। विहानै भूकम्पको धक्का महसुस गरेपछि पूर्वी नेपालका स्थानीयबासी घर बाहिर निक्लिएका थिए । यस्तै भूकम्पको धक्का महसुस बंगलादेशमा पनि भएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia