121212

इटहरी २४ असोज / गत २०६८ साल मंसिर १७ गते इटहरीको मुख्य चौकमा बम बिष्फोट गराउने समुहका मुख्य नाइके सहित बिभिन्न अपराधीक गतिविधिमा संलग्न फरार दुई अभियुक्तहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीको बिशेष प्रहरी टोलीले गत ६८ साल मंसिर १७ गते इटहरीकै मुख्य चौकमा बम बिष्फोट गराउने इटहरी ५ का अविरल भनिने पुरन चौधरी र उदयपुरबाट हातहतियार तथा खरखजना मुद्धामा सजाय तोकेर फरार रहेका इटहरी ४का अरबिन्द राईलाई पक्राउ गरेको हो ।

गत ६८ मंसिर १७ गते इटहरीको मुख्य चौकमा भएको बम बिष्फोटमा जिल्ला प्रहरी कार्यालय सुनसरीका तत्कालीन प्रहरी प्रमुख एसपी राजु मानन्धर सहित एक दर्जन स्थानीयहरु घाइते भएका थिए । पक्राउ मध्ये चौधरी बिरुद्ध २०६७ साल कोशी अञ्चल यातायात ब्यवस्था कार्यालय इटहरी अघाडी प्रेसर कुकर बम बिष्फोट , ६८ साउन २० गते बिद्युत प्रधिकरण शाखा इटहरी कार्यालय परिषरमा प्रेसर कुकर बम बिष्फोट , ६८ भदौ १८ गते पूर्वाञ्चल राजस्व इकाई कार्यालय इटहरी र ६८ मंसिर १७ गते इटहरीकै मुख्य चौकमा प्रेसर कुकर बम बिष्फोट गराएको आरोप रहेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख ओमप्रशाद अधिकारीका अनुसार पक्राउ चौधरी पूर्व माओवादी लडाकु रहेको बताए । पक्राउ चौधरीको मुद्धा उदयपुरमा रहेको कारण उनलार्य जिल्ला प्रशासन कार्यालय उदयपुरको जिम्मा लगाइने र पक्राउ अर्का अभियुक्त अरबिन्दलाई जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत जेल चलान गरीने इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख ओम प्रशाद अधिकारीले बताए ।साभार : पुर्वेली न्युज

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia