school-photo-kidsकाठमाडौं , १३ पुस । विद्यालय शिक्षा सुधारका लागि शिक्षा मन्त्रालय अहिलेसम्मकै सबैभन्दा ठूलो कार्यक्रम सञ्चालन गर्ने भएको छ । दातृ निकायको सहयोगमा सञ्चालनमा आउन लागेको कार्यक्रमअन्तर्गत सात वर्षको अवधिमा करिब १० खर्ब रुपैयाँ खर्च हुने मन्त्रालयले जनाएको छ । शिक्षाविदले भने मन्त्रालयको यस कार्यक्रम महत्वाकांक्षी रहेको भन्दै पूर्ण रुपमा कार्यान्वयन हुनेमा शंका व्यक्त गरेका छन् ।

मन्त्रालयले यस कार्यक्रमलाई विद्यालय क्षेत्र विकास कार्यक्रम एसएसडीपी नाम दिएको छ । सन २०१६ देखि सुरु हुने यस कार्यक्रम सन २०२२ सम्म सञ्चालन हुनेछ ।

मन्त्रालयले यसअघि दातृ निकायमै सहयोगमा ६ खर्ब लागनी रहेको विद्यालय क्षेत्र सुधार योजना – एसएसआरपी) कार्यक्रम सञ्चालन गरेको थियो । एसएसआरपी यही डिसेम्बरमा सकिँदैछ । अाजकाे  अन्नपूर्ण पोस्टमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia