modi pak

११ पुष नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आकस्मिक रुपमा शुक्रबार पाकिस्तान पुगेका छन् । उनले पाकिस्तानी पुगेर समकक्षी पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफसँग भेट गरेका छन् । आफ्नो पाकिस्तान भ्रमणबारे ट्वीटमार्फत सार्वजनिक गर्दै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री सरिफलाई भेटगरी उनको जन्मदिनको अवसरमा शुभकामना दिएको उल्लेख गरेका छन् ।

इकवाल विमानस्थलमा स्थानीय समयअनुसार शुत्रबार ४ बजेर २० मिनेट जाँदा प्रधानमन्त्रीको विशेष आईएएफ बोइङ ७३७ विमानमार्फत पुगेको मोदीलाई रातो कार्पेट विछ्याई स्वागत गरिएको थियो । विमानस्थलबाट प्रधानमन्त्री मोदी सिधै पाकिस्तानी सहर लाहोरस्थित पाकिस्तानी प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका थिए ।

मोदी सन् २००४ मा तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेयी पछि पाकिस्तानको भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुन् ।  संयोगबस मोदीको पाकिस्तान भ्रमण भएकै दिन शुक्रबार पूर्वप्रधानमन्त्री बाजपेयीको ९१ औँ जन्मदिबस परेको छ । बाजपेयी इस्लामाबादसँग नयाँ दिल्लीको सम्बन्धलाई नयाँ शीराबाट सुरुगरी दुई छिमेकीबीचको सम्बन्धलाई सुमधुर राख्ने प्रयास गर्ने भारतीय नेता हुन् ।

modi pak1

modi pak3

modi pak4

modi pak5

modi pak6

तपाईको प्रतिक्रिया

trusted online casino malaysia