china tianjin११ पुष एजेन्सी । चीनमा शनिबार १७००० कलकारखाना बन्द गरिएका छन् भने २८,६०० कारखानाहरु अस्थायी रुपले संचालन बन्द गराउन आदेश दिईएको छ ।कलकारखानाबाट हावामा फैलने विषाक्त पदार्थ केहि दिनको लागि भएपनि रोकियोस् भन्नका लागि चीनको पर्यावरण मन्त्रालयले यो आदेश दिएको हो ।चीनलाई यो फैसला लिनको लागि सरकारले प्रदुषण भए नभएको रिपोर्ट गर्न जनतालाई हटलाईन सेवा प्रदान गरेको थियो ।मन्त्रालयका अनुसार आज सम्म १२, ३६९ फोन आएको र त्यसपछि उक्त फैसला लिईएको हो । सरकारले गरेको यो सामान्य सर्वे अनुसार ६३, ७०० कम्पनीहरु गैरकानूनी तबरले उत्पादन गर्ने गरि संचालनमा आएको जानकारी प्राप्त भएको छ ।त्यसमध्ये सबैभन्दा बढी गुनासो केमिकल, मेटल प्रोसेसिंग र मिनरल मेटल प्रोसेसिंग कम्पनीहरुबारे आएको थियो ।जनताको गुनासो प्राप्त भएसंगै नोभेम्बरमा सरकारले ५०४ टिम बेईजिङ लगायत देशभरी पठाएको थियो । त्यसरी जाँच गर्दा नै कम्पनीहरुले पर्यावरणको नियम विरुद्द गएर कम्पनीहरु चलाएको खुल्न गएको हो ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia