Turkey

पुष ११ काठमाडौं । राष्ट्रप्रमुख देशको अभिभावक हो । जसले हरेक नागरिकको अभिभावकको रुपमा काम गरिरहेको हुन्छ । टर्कीमा यस्तो घटना भएको छ, राष्ट्रपतिले पुलबाट हामफालेर आत्महत्या गर्न लागेका एक नागरिकलाई बचाएका मात्रै छैनन्, आवश्यक सहयोग समेत गरेका छन् ।

Turkey१

टर्कीका राष्ट्रपति रिसेप तईप एरडोगनले पुलबाट हामफालेर आत्महत्या गर्न लागेका भेजी काकरस नामका एक युवालाई बचाएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाए अनुसार ती युवाले आत्महत्या गर्नै लाग्दा राष्ट्रपतिको गाडी त्यहाँ पुगेको थियो ।उक्त दृश्य देख्ने वितीकै उनले गाडी रोक्न लगाए र ती युवालाई समातेर ल्याउन सहयोगिहरुलाई आग्रह गरे । स्तानबुलको बोस्फोरस पुलमा भएको उक्त घटनामा राष्ट्रपतिले सक्रियता जनाएका कारण मात्र ती युवाको ज्यान बचेको हो । राष्ट्रपति एरडोगनको आदेशपछि उनका सहयोगिले युवालाई तानेर उनको छेउमा ल्याए ।एरडोगन गाडिबाटै युवालाई कीन यस्तो गरेको भनेर सोधे । उनले पारिवारीक समस्याले गर्दा आफु समस्यामा परेको सुनाएपछि राष्ट्रपतिले सरोकारवाला निकायलाई फोन गरि उनलाई आवश्यक सबै सहयोग गर्न आग्रह गरे । त्यसपछि उनलाई उक्त निकायमा जान र सहयोग पछि आफुलाई भेट्न आउन आग्रह गरे । युवा पनि खुसी हुँदै फर्कीए ।

Turkish-President

तपाईको प्रतिक्रिया

trusted online casino malaysia