Is-Ladaku-vs-india

काठमाडौं । छुट्टै स्लामिक राज्यको माग गर्दै सशस्त्र आन्दोलनरत अतिवादी संगठन स्लामिक स्टेट (आइइस)ले ७२ घण्टा भित्र राजधानी दिल्ली र कानपुर रेल स्टेसन ध्वस्त पार्ने धम्की दिएपछि भारतभर हंगामा भएको छ ।उस्ले यी दुई स्थानको अलवा विभिन्न शहरहरुमा पनि आक्रमणको धम्की दिएको छ ।

विश्वकै शक्तिशाली आतंकवादी संगठनका रुपमा देखिएको आईएसले दिएको धम्कीलाई लिएर भारतीय मिडियाले उच्च प्राथमिकताका साथ समाचार लेखेका छन् ।आईएसको धम्कीपछि रेल्वे सुरक्षा बलले दिल्ली एनसीआर समेत सबै आरपीएफ पोस्टलाई अलर्ट गरेको छ भने सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।

new-delhi-railway-station

आइएसले क्रिसमस मनाइएका स्थानहरुमा हमला हुनसक्ने धम्की पटक पटक दिदै आएको छ । उस्ले क्रिसमस मनाउनेलाई छानेर कारबाही गर्ने बताएको छ ।आइएसको निरन्तरको धम्की पश्चात् भारतीय रेल अधिकारिहरुले आरपीएफलाई रेल्वे स्टेशनमा कडा चेकजाँच गर्न निर्देशन दिएका छन् । आरपीएफले रेलवे स्टेसनमा कडा चेकजाँच सुरु भएको छ ।आइएसको धम्कीपछि कानपुर र दिल्लीका स्थानीयले रेल चड्न छाडेका छन् ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia