पुष ९ काठमाडौं ।रोजगारी अनुमति प्रणाली (इपिएस) कोरिया छैटौँ भाषा परीक्षामा उत्तीर्ण भएका आठ हजार चार ९० जनाको व्यक्तिगत विवरण सहितको सूची दक्षिण कोरिया पठाउने क्रम बिहीबार सकिएको छ ।सूचीमा रहेका आवेदकमध्ये मानव संसाधन विभाग कोरियाले जाँचबुझ गरी दुई हप्ताभित्र स्वीकृत भएकाको विवरण नेपाललाई पठाउनेछ । सूचीमा रहेकाको रोस्टर तयार पारी नेपालले कोरिया पठाएपछि रोजगारदाताले सोही सूचीबाट आफूलाई उपयुक्त लागेको व्यक्ति छनोट गर्नेछ ।

रोजगारदाताले व्यक्ति छनोट गरी श्रम सम्झौतामा दस्तखत गरी नेपाल पठाएपछि नेपालमा रहेको आवेदकले पनि सो सम्झौतामा हस्ताक्षर गरेपछि प्रवेशाज्ञा लगायतको प्रक्रिया पूरा गरी रोजगारीका लागि कोरिया जान पाउने व्यवस्था छ । यस वर्षको भाषा परीक्षामा उत्तीर्ण भएकाहरुले सूचीअनुसार माघको तेस्रो हप्ताबाट कोरिया जान पाउने  छन् ।

हालसम्म ३५ हजारभन्दा बढी कामदार इपिएस प्रणालीमार्फत गइसकेका छन् । यो प्रणालीमार्फत जाने कामदारले चार वर्ष १० महिना काम गर्न पाउँछन् । यस वर्ष भाषा परीक्षामा उत्तीर्ण गरेकामध्ये ६० प्रतिशतभन्दा बढीले गत मसिंर ९ देखि १४ सम्म भएको सीप परीक्षणमा उत्कृष्ट अङ्क प्राप्त गरेका छन् । कोरियाले इपिएस प्रणालीबाट १६ देशबाट कामदार लगिरहेकामा ती देशमध्ये सीप परीक्षणमा सबैभन्दा बढी प्रतिशत उत्कृष्ट अङ्क ल्याउने नेपालका कामदार बनेका छन् ।

इपिएस कोरिया शाखाले आगामी वर्षको भाषा परीक्षाको आवेदन अनलाइनमार्फत भर्ने व्यवस्थाका लागि तयारी गरेको छ । भाषा परीक्षाको फारम भर्दा सधैँ लामो लाइन हुने, सुरक्षा व्यवस्था गर्न कठिनाइ हुनेजस्ता समस्या देखिएकाले अनलाइन फारम भर्ने व्यवस्था गर्न लागिएको हो । अहिले काठमाडौँ उपत्यका र उपत्यकाबाहिरका पाँच स्थानबाट आवेदक आफैँ उपस्थित भएर फारम भर्नुपर्ने अवस्था छ । नयाँ व्यवस्था लागू भए आवेदकले साइबर वा आफ्नै घरबाट अनलाइनमार्फत फारम भर्न सक्नेछन् ।

 

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia