राष्ट्रगान बज्दा लुरुलुरु हिडेपछि सुरक्षा गार्डले समाते 

Narindra-Modi1

पुष ९ एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रगानको अपमान गरेपछि रुसमा हंगामा मच्चिएको छ । रुस भ्रमणमा रहेका मोदीले विमानस्थलमा रुसी सेनाले   दिएको सम्मान ग्रहण गर्न नजानेको आरोप लगाइएको छ । रुसी सेनाले मोदीलाको सम्मानमा ‘गार्ड अफ अनर’‘ सम्मानमा अर्पण गरिरहदा भारतको राष्ट्र गान बज्यो तर मोदी हिडिरहे ।

भारतको राष्ट्रगान ‘जनगणमन…’ बजिरहदा मोदी हिडिरहेपछि रुसी अधिकारीले मोदीलाई उभिन आग्रह गरेका थिए । मोदीले राष्ट्रगान बज्दा समेत सतर्क भएर  उभिनुपर्छ भन्ने जानकारी नराखेको भन्दै भारतमा मोदीको चर्को आलोचना भइरहेको छ ।

रुसमा सुरक्षा अधिकारीले मोदीलाई सतर्क भएर उभिन दिएको सुझावका नाममा भारतमा मोदीको चर्को आलोचना भएको हो । मोदीले भारत र भारतीय जनताकै बेइज्यत गरेको भन्दै सामाजिक सञ्जालमा मोदीको आलोचना भएको हो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले मोदीले राष्ट्र गानको अपमान गरेर पूर्ण भारतकै अपमान गरेको भन्दै आलोचना गरेका छन् । दुई दिने भ्रमणका लागि बुधबार मस्को पुगेका मोदीको चौतर्फी आलोचना भइरहदा मोदीले भने यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

 

भिडियोको लागि क्लिक गर्नुहोस्

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia