chor

इटहरी २३ असोज – इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी गस्ति टोलीले इटहरीको बिभिन्न क्षेत्रमा चोरी गर्ने गिरोहलाई पक्राउ गरी शनिबार सार्वजनीक गरेको छ । बिभिन्न क्षेत्रबाट चोरी गरेको १२ थान मोवायल सेट सहित दुई जनालार्य पक्राउ गरी शनिबार पत्रकारहरु माझ सार्वजनीक गरेको हो ।

पक्राउ पर्नेमा इटहरी १५ का २४ बर्षीय राम बहादुर देउवा र इटहरी १ का ३२ वर्षीय तिर्थराज धिताल रहेका छन । पक्राउ परेको देउवाको साथबाट ५ थान र धितालको साथबाट ७ थान बिभिन्न कम्पनीका मोवायल सेटहरु बरामद गरीएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख ओम प्रशाद अधिकारीले बताए ।

पक्राउ परेका दुवैजना बिरुद्ध चोरीको मुद्धा दर्ता गरी कानुनी कार्वाही अघी बढाइने प्रहरी प्रमुख अधिकारीले बताए । साथै पछिल्लो समय चोरी भएका तिन थान बिभिन्न कम्पनीका मोवाइल सेटहरु फेला पारी मोवायल धनीलाई जिम्मा लगाइएको प्रहरीले बताएको छ ।साभार : पुर्वेली न्युज

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia